Friday, March 6, 2026
51.9 F
Washington DC.

पूर्व उडान सुरक्षा सूचना प्रणाली आउटेजका कारण अमेरिकाभर उडानहरू अबरुद्व

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) मा बुधबार पूर्व उडान सुरक्षा सूचना प्रणालीमा प्राबिधिक समस्या देखिएपछि अमेरिकामा सयौं उडानहरू अबरुद्व भएका छन्।

यो आउटेज एफएएको NOTAM (नोटिस टु एयर मिशन) प्रणालीमा प्राबिधिक समस्या भएको अधिकारीहरुले जानकारी गराएका छन्। नोटिस टु एयर मिशन प्रणालीले पाइलटहरू र अन्य कर्मचारीहरूलाइ पूर्व उडान सुरक्षा सूचनाहरूका साथे देश भरका एयरपोर्टहरूमा उडानको अवस्था र अन्य ढिलाइहरू बारे सचेत गराउँछ।

यतिबेला एयर मिशन प्रणालीमा आफ्नो सूचना पुनर्स्थापना गर्न काम भै रहेको एफएएले जानकारी गराएको छ ।

“हामी अन्तिम प्रमाणीकरण जाँच गर्दैछौं र अहिले प्रणालीलाई पुन: लोड गर्दैछौं,” एफएएले एक ट्विट मार्फत भनेको छ। राष्ट्रिय एयरस्पेस प्रणालीमा सञ्चालनहरू प्रभावित भएको एफएएले भनेको छ ।

“हामीले प्रगति गर्दै जाँदा बारम्बार अद्यावधिकहरू गर्नेछौं,” एफएएले ट्वीटमा भनेको छ ।

एफएएले सबै एयरलाइन्सहरूलाई पूर्वीया समय बिहान ९ बजे सम्म सबै आन्तरिक प्रस्थान उडानहरू रोक्न आदेश दिएको छ।

यस प्राबिधिक समस्याका कारण हालसम्म अमेरिकाभरि करिब ४०० उडानहरू रद्द भएका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img