spot_img
Wednesday, September 25, 2024
71.2 F
Washington DC.
spot_img

तालिबानद्वारा महिला विद्यार्थीहरुलाई आगामी सेमेस्टरमा भर्ना नगर्न निजी विश्वविद्यालयहरुलाई आदेश

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

कार्यवाहक तालिबान सरकारले शनिबार अफगान महिला विद्यार्थीहरुलाई विश्वविद्यालयको प्रवेश परीक्षा दिन प्रतिबन्ध लगाएको छ। स्थानीय संचार माध्यामका अनुसार तालिबानले निजी विश्वविद्यालय र उच्च शिक्षा संस्थाहरूलाई एक पत्र पठाई आगामी आगामी सेमेस्टरका लागि महिला विद्यार्थीहरुलाई भर्ना नगर्न आदेश दिएको छ ।

तालिबान सरकारले देशभरका निजी अफगान विश्वविद्यालयहरूलाई आगामी वसन्त सेमेस्टरका लागि महिला विद्यार्थीहरूलाई भर्ना नगर्न आदेश दिएको तालिबान उच्च शिक्षा मन्त्रालयका प्रवक्ता जियाउल्लाह हाश्मीले शनिबार समाचार एजेन्सीहरूलाई जानकारी गराएका हुन् ।

अफगानिस्थानमा प्रवेश परीक्षा फेब्रुअरीको अन्त्यमा हुने भएको छ । तालिबानको उक्त आदेस कार्यान्वयन नगर्ने विश्वविद्यालयलाई कानुनी कारबाही गर्ने चेतावनी पत्रमा दिइएको छ ।

अगस्ट २०२१ मा अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि उनीहरूले अधिकांश महिलाहरूलाई हाई स्कूलमा जान प्रतिबन्ध लगाएको थियो । उनीहरूले बारम्बार अन्तर्राष्ट्रिय समुदायलाई प्रतिबन्ध अस्थायी हो भनी प्रतिक्रिया दिदै आएको थियो । तर आफ्नो भनाईको बिपरित गत मार्चमा तालिबानले अचानक अधिकांश महिलाहरुलाई स्कूलमा अध्ययन गर्न प्रतिबन्ध लगाएको थियो ।

कार्यवाहक तालिबान सरकारले महिलालाई गैरसरकारी संस्थामा काम गर्न नपाउने अर्को अध्यादेश जारी गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्को प्रतिक्रिया आएको थियो ।

गत महिना तालिबान सरकारले उच्च शिक्षा संस्थाहरूलाई लेखेको पत्रमा महिला विद्यार्थीहरूलाई कक्षाहरूमा भाग लिन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

(एजेन्सीहरूबाट जानकारी सहित)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img