spot_img
Wednesday, September 25, 2024
71.2 F
Washington DC.
spot_img

भारत , ओडिशाका स्वास्थ्य मन्त्रीलाई गोली हानी हत्या, प्रहरी अधिकारीले गोली हानेका थिए

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतको ओडिशाका स्वास्थ्यमन्त्री नवकिशोर दासमाथि आइतबार दिउँसो १ बजे झारसुगुडाको ब्रजराजनगरमा एक प्रहरी अधिकारीले गोली हानी हत्या गरेका छन् । गोली लागेर स्वास्थ्यमन्त्रीको छातीमा रगत बगेपछि भुवनेश्वर अस्पतालमा उनको निधन भएको स्थानिय संचार माध्यमले जनाएका छन् । स्वास्थ्यमन्त्रीको हत्या पछि ओडिशामा अशान्ति मच्चिएको रोपोर्ट्मा उल्लेख छ ।

यस हत्या प्रकरणको अनुसन्धानका लागि साइबर विज्ञ, ब्यालेस्टिक विज्ञ र अपराध शाखाका अधिकारीसहित ७ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरिएको छ ।

हत्याकाण्डपछि प्रत्यक्षदर्शीले स्वास्थ्यमन्त्री नवकिशोर दासलाई गोली हानेर भागेको प्रहरी अधिकारीलाई देखेको दाबी गरेका छन् । एक कार्यक्रममा स्वास्थ्यमन्त्री नव दास प्रमुख अतिथिका रुपमा कार्यक्रमस्थल आइपुग्दा उनलाई स्वागत गर्न भीड जम्मा भएको थियो, त्यसै बेला उनीमाथि गोली प्रहार भएको र आफुहरुले नजिकैबाट गोली चलाएर एकजना प्रहरी भागेको देखेको प्रत्यक्षदर्शीहरुले संचार माध्यमलाई बताएका छन् ।

तस्बिर : सन्देश समाचार

घटनाको भिडियो पनि सार्वजनिक भएको छ जसमा स्वास्थ्यमन्त्री गाडीबाट ओर्लेलगत्तै छातीमा गोली प्रहार गरिएको छ । भिडियोमा स्थानीयले मन्त्रीलाई उठाएर गाडीको अगाडिको सिटमा बसाउन खोजेको देखिन्छ ।

मन्त्रीका समर्थकहरूले ‘सुरक्षा कमजोरी’ को प्रश्न उठाएपछि घटना पछि ब्रजराजनगरमा तनाव उत्पन्न भएको समाचारमा जनाइएको छ । कतिपयले मन्त्रीलाई निशाना बनाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । आरोपित प्रहरी अधिकारीलाई पक्राउ गरी सोधपुछ जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img