Saturday, July 25, 2026
82 F
Washington DC.

एएनएद्वारा नेपालको वर्तमान अवस्थाको वारेमा नेपाल सरकारको ध्यानाकर्षण – “नेपालीलाई सधै नेपाली नै हुन देउ” अभियानमा लाग्न सबैलाई आग्रह

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

एशोशिएसन अफ नेपलिज इन द अमेरिकाज (एएनए ) ले आज एक बिज्ञप्ति जारी गर्दै “नेपालीलाई सधै नेपाली नै हुन देउ” अभियानमा लाग्न सबैलाई आग्रह गरेको छ।

एएनएका अध्यक्ष विजयराज भट्टराईद्वारा जारी बिज्ञप्तिमा नेपालको वर्तमान अवस्थाको वारेमा नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै विदेशमा नागरिकता लिएका नेपालीहरुले सम्बैधानिक ब्यबस्था अनुसार पाउनु पर्ने गैर आवासीय नेपाली नागरिकता हाल सम्म पनि नपाउदा आफ्नो अधिकारका बारेमा अनभिग्य रहेको र लामो समय देखि कानूनको अभावबाट आफ्नो अधिकारको उपयोग गर्नबाट बन्चित रहेको जनाइएको छ ।

विदेशमा गएर सफलता प्राप्त गर्ने नेपालीको श्रेय शिङ्गो देशले लिने गरेको तर आफ्नो मूलुक फर्केर राष्ट्र सेवा गर्न चाहने प्रवासीहरुले आफ्नो अधिकार नपाउदा धेरै पटक सोच्नु पर्ने अवस्था आएको विज्ञप्तिमा भनिएको छ।

यसर्थ, नेपालमा जन्मी हुर्की , बढी , पढी , जीवनयापनमा परदेशिएका नेपालीहरुको आफ्नो मूलुकमा निर्धक्क आवात जावत गर्ने, ब्यापार बन्दोबस्त गर्ने , धन सम्पति जोडने जस्ता सामान्य प्रकृतिका संबैधानिक अधिकारहरुको निश्चितता गर्न र बाकी रहेका कानूनहरु अबिलम्व निर्माण गरी लागु गर्ने बिज्ञप्ति मार्फत एएनएले आग्रह गरेको छ।

विज्ञप्तिको पूर्णपाठ

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img