Friday, April 11, 2025
46.3 F
Washington DC.

रास्वपा सरकारबाट बाहिरियो, मन्त्रीहरु आजै फिर्ता हुने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने निर्णय गरेको छ।

रास्वपाका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालबाट जारी विज्ञप्ति अनुसार “राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारलाई प्रदान गरेको समर्थनलाई कायम राख्दै पार्टीका तर्फबाट भएका मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारबाट बाहिरिने निर्णय गरेको छ । पार्टीको आज सम्पन्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा वर्तमान राजनीतिक परिदृश्य तथा सरकारका विविध सन्दर्भहरुको विश्लेषण पश्चात् जनचाहनालाई ध्यान दिई सो निर्णय गरेको हो।”

सरकारबाट बाहिरिएपछि अब रास्वपाबाट मन्त्री बनेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमा कार्की फिर्ता हुने भएका छन् । उनीहरुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष राजीनामा बुझाउने भएका छन् ।

केन्द्रीय समिति र संसदीय दलको बैठकको निर्णयका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रास्वपाका सभापती रबि लामिछानेले डेलिभरी गर्ने मन्त्रालय नपाएपछि सरकार छाड्ने निर्णय गरेको बताए ।

‘गृहमन्त्री मात्र होइन, सरकारको नेतृत्व गर्नेगरी, अब प्रधानमन्त्री हुनेगरी अभियान चलाउछौं। म जेल परे पनि रास्वपा अघि बढ्छ। म मरे पनि बहुलाए पनि रास्वपा अघि बढ्छ,’ रास्वपाका सभापती रबि लामिछानेले पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने।

उनले निर्वाचित नभएसम्म कुनै पदमा नजाने उद्घोष गरे। ‘उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँ,’ उनले भने। 

सर्वाच्व अदालतको आदेश अनुसार लामिछानेले विदेशबाट फर्किएपछि नेपालको नागरिकता पुनः प्राप्तिमा प्रक्रिया पूरा नगरेकाले उनको गृहमन्त्री र सांसद पद खारेज भएको थियो । उक्त फैसलाको पूर्ण पाठ अझै आएको छैन ।

प्रधानमन्त्री दाहालले गृह मन्त्रालयमा तत्काल रास्वपाको स्वार्थ बाझिने र मुद्दाको पूर्ण पाठ समेत आइनसकेको भन्दै लामिछानेलाई गृहमन्त्री नबनाउने अडान लिएका थिए । गृह मन्त्रालय लामिछानेलाई दिन अदालतको फैसलाको पूर्णपाठ पर्खिनु नपर्ने गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताउँदै आएका छन् ।

रास्वपाको पत्रकार सम्मेलन तल हेर्नु होला

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img