spot_img
Friday, September 20, 2024
63.6 F
Washington DC.
spot_img

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको ७९ वर्षको उमेरमा निधन

मुशर्रफ एमाइलाइडोसिस नामक दिर्घ रोगबाट पीडित भै लामो समय देखी दुबईमा उपचार गराउदै थिए।

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आइतबार पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । दुबईको एक अस्पतालमा उपचार भइरहेको अवस्थामा उनको निधन भएको थियो। उनी ७९ वर्षका थिए ।

मुशर्रफ केही महिनादेखि अस्पतालमा भर्ना भएका थिए । ट्विटरमा जानकारी दिँदै उनको परिवारले उनी एमाइलाइडोसिस नामक रोगबाट पीडित रहेको बताएका थिए जसका कारण उनका सबै अंगले काम गर्न छाडेको उल्लेख गरिएको थियो । अब निको हुने कुनै गुंजाइश छैन भन्दै मुशर्रफको परिवारले ८ महिनाअघि दुबईको अस्पतालमा भर्ना हुँदा मुशर्रफको एउटा तस्बिर सार्वजनिक गरेको थियो ।

को थिए जनरल परवेज मुशर्रफ

परवेज मुशर्रफको जन्म ११ अगस्ट १९४३ मा अविभाजित भारतको नयाँ दिल्लीको दर्यागञ्जमा भएको थियो । सन् १९४७ मा उनको परिवारले पाकिस्तान जाने निर्णय गरेका थिए । भारत विभाजनको केही दिन अघि उनको सम्पूर्ण परिवार पाकिस्तान पुगेका थिए। उनका बुबा सईदले नयाँ पाकिस्तानी सरकारको लागि काम गर्न थाले र विदेश मन्त्रालयसँग सम्बद्ध थिए। यसपछि उनका पिता पाकिस्तानबाट टर्कीमा सरुवा भए, १९४९ मा उनी टर्की गए । केही समय उनी आफ्नो परिवारसँग टर्कीमा बसे, जबकि उनले टर्की भाषा पनि बोल्न सिके। मुशर्रफ पनि युवावस्थामा खेलाडी थिए । १९५७ मा उनको सम्पूर्ण परिवार फेरि पाकिस्तान फर्किएको थियो ।

मुशर्रफले सेन्ट प्याट्रिक्स हाइस्कुल कराँचीबाट अध्ययन सुरु गरेका थिए भने लाहोरस्थिति क्रिस्चियन कलेजबाट उच्च शिक्षा हासिल गरेका थिए । त्यसपछि उनी पाकिस्तानी सैनिकको विशेष सेवा समूहमा सामेल भएका थिए । उनले सन् १९६५ र १९७१ को भारत संगको युद्धमा पनि भाग लिएका थिए जसमा पाकिस्तान भारतसँग पराजित भएको थियो। मुसर्रफ सन् १९९८ मा जनरलको पदमा बढुवा भएका थिए र सन् २००७ सम्म सेना प्रमुख (सीओएएस) पदमा रहे । त्यसको एक वर्षपछि १२ अक्टोबर १९९९ मा मुशर्रफले रक्तपातविहीन सैनिक ‘कू’ गरेर नवाज शरीफबाट सत्ता हातमा लिएका थिए ।

मुशर्रफ देशको नेतृत्व लिएपछि पाकिस्तानको सबैभन्दा लामो समयसम्म सेवा गर्ने राष्ट्रपति बने। उनी सन् २००२ मा जनमत संग्रहबाट राष्ट्रपतिमा निर्वाचित भए र सन् २००८ सम्म उक्त पदमा रहे। राजनीतिक दलहरूको नेतृत्वमा भएको आन्दोलनपछि मुशर्रफले १८ अगस्ट २००८ मा राष्ट्रपति पदबाट राजीनामा दिएका थिए । पूर्व सैन्य शासक मुशर्रफलाई पाकिस्तानको विशेष अदालतले १७ डिसेम्बर २०१९ मा संविधानको धारा ६ अन्तर्गत मृत्युदण्डको सजाय सुनाएको थियो। पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) को कार्यकालमा उनी विरुद्ध देशद्रोहको मुद्दा दर्ता गरिएको थियो। मुशर्रफ ३१ मार्च २०१६ मा अदालतमा उपस्थित थिए, जब उनीमाथि आरोप लगाइएको थियो। पछि उनी बिरामी भएर देश छाडेर दुबईमा बसेका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img