spot_img
Wednesday, September 25, 2024
71.2 F
Washington DC.
spot_img

गुगलको च्याटबटले गलत जवाफ दिँदा अल्फाबेटको शेयरमा ८ प्रतिशत भन्दा बढी गिरावट

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

गुगलले सोमवार सार्वजनिक गरेको च्याटबट “बार्ड” ले फ्रान्सको पेरिसयुट्युबमा प्रत्यक्ष प्रसारण भइरहेको डेमो कार्यक्रममा गलत जवाफ दिँदा गुगलको शेयर मुल्यमा ठुलो गिरावट आएको छ ।

बुधबार गुगलको अल्फाबेटको शेयरमुल्य ८ प्रतिशतले गिरावट आउदा कम्पनीको शेयर मूल्यमा १ खर्ब डलर घटेको छ ।

गुगलले सोमबार “बार्ड” नामक च्याटबोटको घोषणा गरेको थियो। बार्ड च्याट जीपीटीजस्तै आर्टिफिसिएल इन्टेलिजेन्स हो ।गुगलको बार्ड एउटा च्याटबोट एआई हो जुन केही समयदेखि परिक्षणमा छ। गुगलको ल्याङ्ग्वेज मोडेल फर डायलग एप्लिकेसन (LaMDA) द्वारा सञ्चालित बार्ड गुगल खोजका लागि प्रयोगात्मक संवादात्मक एआई सेवा हो जुन आगामी हप्ताहरूमा उपलब्ध हुने भनिएको थियो।

तर बोटको सुरुवात राम्रो हुन् सकेन। बार्डले आफ्नो पहिलो डेमोमा तथ्यात्मक त्रुटि गरेको छ । बार्डले जस्तोसुक्कै जटिल प्रश्नको पनि जवाफ दिने दाबी गर्दै प्रचारप्रसारका लागि आयोजना गरिएको पहिलो डेमोमा बार्डले गलत जवाफ दिएको छ ।

“जेम्स वेब स्पेस टेलिस्कोपबाट के नयाँ के कुरा पत्ता लाग्यो, म मेरो ९ वर्षको बच्चालाई बताउन सक्छु?” भन्ने सोधेको प्रश्नको उत्तर दिने क्रममा बार्डले गलत उत्तर दिएको थियो।

बार्डले उत्तर दिनेक्रममा तीन बुदामा जवाफ दिएको थियो जसमा टेलिस्कोपले “हाम्रो आफ्नै सौर्यमण्डल बाहिरको ग्रहको पहिलो तस्बिरहरू लिएको थियो ।”

यद्यपि, ट्विटरमा धेरै खगोलविद्हरूले यो जवाफ गलत भएको र एक्सोप्लानेटको पहिलो तस्बिर २००४ मा लिइएको थियो – यहाँ नासाको वेबसाइटमा भनिएको छ।

” म पक्का छु कि बार्ड प्रभावशाली हुनेछ, तर रेकर्डको लागि: जेम्स वेब स्पेस टेलिस्कोप (JWST ) ले ‘हाम्रो सौर्यमण्डल बाहिरको ग्रहको पहिलो तस्विर लिएको छैन’,” खगोलविद् ग्रान्ट ट्रेम्बलेले ट्वीट गर्दै भनेका छन् ।

फ्रान्सको पेरिसयुट्युबमा प्रत्यक्ष प्रसारण भइरहेको डेमो कार्यक्रममा बार्डले गलत उत्तर दिएको समाचार पहिलो पटक रोयटर्स समाचार एजेन्सीले सार्वजनिक गरे लगत्तै अल्फाबेटको शेयरमुल्य घट्न थालेको थियो ।

बार्डले दिएको गलत उत्तर र खगोलविद्हरूको प्रतिक्रिया पहिलो पटक रोयटर्स र न्यू साइन्टिस्टले सार्वजनिक गरेका थिए। यस पश्चात अल्फाबेटको शेयरमुल्य घट्न थालेको थियो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img