Friday, March 6, 2026
53.4 F
Washington DC.

जासुसी बेलुनकोलागि चीनको निन्दा गर्ने प्रस्तावलाई अमेरिकी सदनले सर्वसम्मतिले अनुमोदन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चीनविरुद्ध अमेरिकी सदनमा निन्दा प्रस्तावमा भएको मतदानमा डेमोक्र्याटिक र रिपब्लिकन पार्टीहरूले विशाल एकता देखाउँदै ४१९–० मतले आज बिहिवार प्रस्ताव पारित गरेका छन् । अर्थात् विपक्षमा एक मत पनि परेन ।

अमेरिकाले आफ्नो वायुक्षेत्रमा बेलुनको अवैध प्रवेशलाई सहयोग गर्ने र चिनियाँ सेनासँग जोडिएका चिनियाँ संस्थाहरूका विरुद्ध कारबाही गर्ने सम्भावनाको खोजी गर्ने अधिकारीहरूले बिहीबार संचार माध्यमलाई जानकारी दिएका छन्।

३० जनवरीमा मोन्टानामा अमेरिकी हवाई क्षेत्रमा प्रवेश गरेपछि एउटा विशाल बेलुन अमेरिकी महादेशमा धेरै दिनसम्म उड्यो। अमेरिकी सेनाले संवेदनशील अमेरिकी प्रतिष्ठानहरूमा घुमिरहेको चिनियाँ निगरानी बेलुनलाई केहि दिन पछि खसालेको थियो ।

यसपछि चीनको मानवरहित विमान पनि अमेरिकाको आकाशमा उडेको देखियो । यद्यपि चीनले यसलाई अर्को बेलुन भन्दै आफ्नो बाटो हराएको बताएको थियो । तर अमेरिकाले चीनको जासुसी बेलुनको विषयलाई निकै गम्भीरताका साथ लिएको छ । राष्ट्रपति जो बाइडेनले यसलाई अमेरिकाको सुरक्षाका लागि खतरा भएको बताएका छन् । यसका लागि अमेरिकी सदन एकजुट भएको छ।

अमेरिकाको आकाशमा जासुसी बेलुन छोड्नु अब चीनलाई निकै महँगो पर्ने भएको छ । यसका लागि अमेरिकाले चिनियाँ सेनासँग सम्बद्ध धेरै संस्थामाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । अमेरिकाको यो कदमले चिनियाँ राष्ट्रपति सी जिनपिङको कठिनाइ बढाउन सक्छ ।

चीनले आफ्ना जासूस बेलुनहरू पाँच महादेशका ४० भन्दा बढी देशहरूमा उडाएको अमेरिकी गृह विभागका एक वरिष्ठ अधिकारीले दाबी गरेका छन् । चीनले जासुसी बेलुनबाट यी सबै देशको निगरानी गरिरहेको नाम नछाप्ने सर्तमा अधिकारीले समाचार स्रोतलाई भनेको छ । बाइडेन प्रशासनले यसका लागि (प्रभावित) देशहरूसँग प्रत्यक्ष सम्पर्क गरिरहेको समाचार स्रोतले जनाएको छ। उच्च गुणस्तरका तस्बिरहरूले यी बेलुनहरू खुफिया संकेतहरू सङ्कलन गर्न सक्षम भएको देखाएको अधिकारीले आरोप लगाएका छन् । तर, चीनले मौसम विज्ञान अनुसन्धानका लागि प्रयोग गरिएको बेलुन भएको दाबी गरेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img