Friday, April 11, 2025
47.5 F
Washington DC.

कोभिड राहत कोषको नाममा करोडौं ठगी गरी विलासी कार तथा अपार्टमेन्टमा खर्च गर्ने महिला पक्राउ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

फ्लोरिडाको दक्षिणी जिल्लाका लागि अमेरिकी अधिवक्ताले मियामीस्थित एक महिला रियल स्टेट एजेण्टलाई पक्राउ गरेको छ। उनीमाथि कोभिड–१९ राहत कोषको रकम व्यक्तिगत खर्चमा प्रयोग गरेको आरोप लागेको छ ।

३१ वर्षीया महिला ड्यानिएला रेन्डनमाथि लागेको आरोप अनुसार उनले कोरोनाको नाममा प्राप्त राहत कोषको रकमबाट एउटा विलासी अपार्टमेन्ट र एउटा विलासी बेन्टले कार किनेकि थिइन् । यति मात्र होइन, उनले यही पैसाबाट कस्मेटिक सर्जरी समेत गराएकी आरोपपत्रमा उल्लेख छ ।

तस्बिर: डेनिएला रेन्डन / इन्स्टाग्राम

कोभिड्का समयमा उनीहरूको व्यवसायलाई दिगो बनाउन मद्दत होस् भन्ने हेतुले अमेरिकी सकारले उद्यमीहरूलाई साना व्यवसाय प्रशासन र पेचेक संरक्षण कार्यक्रम (पीपीपी) कार्यक्रम ल्याएको थियो । यहि कार्यक्रम अनुसार ड्यानिएला रेन्डनले ३ लाख ८१ हजार डलर लिएकी थिइन् तर रेन्डनले डिजाइनर जुत्ता खरिद गर्न , बिस्केन बे अपार्टमेन्ट भाडामा लिन, कस्मेटिक सर्जरी गर्न र २०२१ बेन्टले बेन्टेगा कार भाडामा लिनका लागि पैसा खर्च गरेको आरोप पत्रमा उल्लेख छ।

तस्बिर: डेनिएला रेन्डन / इन्स्टाग्राम

अभियोगमा रेन्डनलाई तार धोखाधडीको सात गणना, मनी लान्ड्रिंगको दुई गणना, र आफ्नो पहिचान लुकाउने एक गणनाको आरोप लगाइएको छ। दोषी प्रमाणित भएमा उनले २० वर्ष जेल सजाय भोग्नुपर्नेछ । संघीय जिल्ला अदालतको न्यायाधीशले अमेरिकी सजायको विश्लेषण र अन्य वैधानिक कारकहरू उपर विचार गरेपछि कुनै पनि सजाय निर्धारण गर्ने फ्लोरिडाको दक्षिणी जिल्लाका लागि अमेरिकी अधिवक्ता मार्केन्जी लापोइन्टे र कार्यवाहक विशेष एजेन्ट इन चार्ज माइकल ई. बक्ले, होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशन (एचएसआई) मियामीले आरोप पत्रमा उल्लेख गरिएको छ।

नक्कली कागजपत्र पेश गरेर ठगी
संघीय मजिस्ट्रेटको अदालतमा उनको पेशीका दिन उनीमाथि कोभिड-१९ राहत कोषमा ठगी गरेर करोडौं डलरको आर्थिक नोक्सान गरेको आरोप लगाइएको हो । यो रकम हडप्न अभियुक्त महिला ड्यानिएला रेन्डनले नक्कली कागजपत्र बनाएर सरकारी निकायलाई ठगेकि थीइन ।

तस्बिर: डेनिएला रेन्डन / इन्स्टाग्राम

ड्यानिएला रेन्डनले साना व्यवसाय प्रशासन र पीपीपीलाई कोभिड १९ राहत कोषको लागि कोभिड बाट प्रभावितहरूलाई मद्दत गर्न निबेदन थिएकी थिइन् । यो रकम प्राप्त गर्न रेन्डनले एजेन्सीमा नक्कली कागजपत्र पेश गरेकी थिइन् जसमा आम्दानी र पे रोल पनि नक्कली पेश गरिएको थियो । एजेन्सीले उनको योजनाको बारेमा जानकारी नहोस भनेर नक्कली आईआरएस कर फारमहरू पनि पेश गरेको आरोप लगाइएको छ। यो ठगी मार्फत महिलाले कोभिड राहत कोषबाट लगभग ३ लाख ८१ हजार डलर लिन सफल भएकी थिइन् ।

यो मुद्दामा ठगी भएको आशंकामा अमेरिकी एजेन्सीहरूले यसमा अनुसन्धान गरेर ड्यानिएला रेन्डनले लाखौं डलरको यो ठूलो रकम हडप्न आफू, परिवारका अन्य सदस्य र साथीहरूलाई पनि जालसाजी पेरोल चेक जारी गरेको पत्ता लागेको थियो।

तस्बिर: डेनिएला रेन्डन / इन्स्टाग्राम

सजाय २० वर्षसम्म हुन सक्ने
रेन्डनमाथि सातवटा ठगी, दुईवटा मनी लान्ड्रिङ र आफ्नो पहिचान लुकाउने एउटा मुद्दामा मुद्दा दायर गरिएको छ। यस मामिलामा दोषी ठहरिएमा उनलाई २० वर्षसम्मको जेल सजाय हुन सक्छ। अमेरिकामा कोभिड राहत कोषको दुरुपयोग भएको यो पहिलो पटक भने होइन । यसअघि फ्लोरिडाका एक पास्टर र उनका छोरालाई पीपीपी ऋणबाट पैसा प्रयोग गरेको आरोपमा पक्राउ गरिएको थियो। पादरीले त्यो पैसाले ३. ७ मिलियनको विलासी बंगला किनेका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img