Wednesday, June 10, 2026
71.8 F
Washington DC.

मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै घुस माग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग १० लाख घुस मागेको कुराकानीको अडियो सार्वजनिक भए पछि उनलाई निलम्बन गरिएको हो ।

मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले संचार माध्यमलाई बताएका छन।

शुक्रबार काठमाडौँमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ घुस मागेपछि ठाकुरलाई कारबाही गरेको बताए ।

उक्त अडिओको छानबिन गर्न मन्त्रालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ।

ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा आबद्ध छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img