spot_img
Friday, September 27, 2024
72.8 F
Washington DC.
spot_img

अमेरिकाले ४० हजार फिटको उचाइमा उडिरहेको अज्ञात वस्तुलाई खसाल्यो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी सेनाले अलास्काको आकाशमा उडिरहेको अर्को “उच्च उचाइको वस्तु” लाई आज शुक्रबार खसालेको राष्ट्रिय सुरक्षा परिषद्का अधिकारी जोन किर्बीले ह्वाइट हाउसमा पत्रकारहरूलाई जानकारी दिदै भनेका छन्।

“वस्तु ४०,००० फिटको उचाइमा उडिरहेको र यसले नागरिक उडानको सुरक्षामा खतरा उत्पन् गरेको थियो,” किर्बीले ह्वाइट हाउसको ब्रीफिंगमा पत्रकारहरूलाई भनेका छन् । “सतर्कताको सुझाबबाट, र पेन्टागनको सिफारिसमा राष्ट्रपति बाइडेनले वस्तुलाई तल खसाल्न आदेश दिए पछि उक्त कारवाही गरिएको किर्बीले बताए।

उक्त बस्तुलाई अमेरिकी रक्षा विभागले गत २४ घण्टामा ट्र्याक गरेको तर बेलुनको रूपमा पहिचान नगरिएको किर्बीले जानकारी गराए।

किर्बीका अनुसार अमेरिकी उत्तरी कमाण्डका लडाकु विमानहरूले दिउँसो १ देखि २:३० बजे बीच अलास्काको पानीमा उक्त अज्ञात वस्तुलाई खसालेका थिए।

उक्त वस्तु गत शनिबार दक्षिण क्यारोलिनाको तटमा अमेरिकी सेनाले खसालेको चिनियाँ जासूस बेलुन भन्दा ” धेरै सानो” भएको , तर त्यहाँ जासूसी उपकरण भए नभएको बारे कुनै जानकारी नभएको समेत किर्बीका बताए । “मलाई जसरी वर्णन गरिएको थियो,” किर्बीले भने, “दुई वा तीन बसको आकारको पेलोडको विपरीत यो बस्तु सानो कारको आकार थियो।”

पछि पेन्टागन ब्रीफिंगमा, प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले अपरिचित वस्तुलाई एफ-२२ लडाकू जेटले उत्तरपूर्वी अलास्कामा दिउँसो १:४५ बजे खसालेको बताए। यो वस्तु बेलुन हो कि भनेर पत्रकारहरूद्वारा सोधिएको प्रश्नमा राइडरले भने कि अहिलेसम्म यो बस्तु यहि हो भन्न नसकिने र यो बस्तुको उत्पत्ति थाहा नभएको बताए। तर “नागरिक हवाई यातायातको लागि खतरा” हुन् सक्ने आधारमा यसलाई हटाउने निर्णय गरिएको थियो।

उनले अलास्का नजिकै शुक्रबार खसालिएको “उच्च उचाइको वस्तु” को आकार गत हप्ताको अन्त्यमा खसालेको चिनियाँ जासूस बेलुन जस्तो नरहेको बताए।

गत शनिबार चिनियाँ जासुस बेलुनलाई एफ-२२ ले खसालेपछि ६ दिनमा दोस्रो पटक अमेरिकी सेनाले यस अज्ञात वस्तु नष्ट गरेको हो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img