spot_img
Friday, September 27, 2024
72.5 F
Washington DC.
spot_img

आईसीसी लिग–२ मा नामिबियामाथि नेपालको सानदार जित- तीन खेलाडीले ठोके अर्धशतक

जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेट र शुक्रबार स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियामाथि सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले हराएको हो । नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेट गुमाएर ४७.३ ओभरमा पूरा गरेर जित हात पारेको हो ।

जारी सिरिजमा नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले नामिबियालाई दुई विकेट र शुक्रबार स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो ।

आजको खेलमा ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लले कीर्तिमानी सतकीय साझेदारी गरेका थिए। दोस्रो विकेटका लागि ज्ञानेन्द्र र आसिफले १३९ रनको साझेदारी नेपालको एकदिवसीय खेलमा उच्च साझेदारी हो । आसिफले ९८ बलमा आठ चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ८१ रन बनाए । त्यस्तै क्याप्टेन ज्ञानेन्द्र मल्लले ७४ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ६५ रन बनाए ।

जारी लिगमा नेपालको यो लगातार तेस्रो जित हो । जितका लागि नामिबियाले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा सात विकेटको क्षतिमा दुई सय ७८ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

यस्तै कुशल मल्लले मल्लले ४९ बलमा ६ चौका र चार छक्काको सहयोगमा ६२ रन बनाएका थिए । कप्तान रोहित पौडेलले ३९ रन बनाए ।

बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिएका थिए । यससँगै विश्वकप लिग–२ मा सन्दीपले व्यक्तिगत ५० विकेट पूरा गरेका छन् । करण केसीले एक विकेट लिएका थिए ।

बलिङमा नामिबियाका रुबेल ट्रुम्पलम्यानले तीन विकेट लिनुभयो । बर्नाल्ड स्कर्टजले दुई तथा टाङ्गेनी लुङ्मेनी र पीक्की या फ्रान्सले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा दुई सय ७४ रन बनाएको थियो । नामिबियाका लागि जान ग्रिनले ७५ रन बनाउनुभयो । उहाँले ६३ बलमा ११ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाएका थिए । यस्तै पीक्की या फ्रान्सले ४९, लोहार्ड लौरेन्सले ४१, रुबेल ट्रुम्पलम्यानले २४, माइकल भानले २२, कार्ल ब्रिकस्टकले २० तथा कप्तान ग्रेर्हाड इरास्मस र जान निकोलले १५/१५ रन लिए ।

यो जित संगै सिरिजमा नेपाल २७ खेलबाट २४ अङ्क जोड्दै छैटौँ स्थानमा छ । ३३ खेलबाट ३७ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ । सिरिज च्याम्पियन बनिसकेको स्कटल्यान्डले ३४ खेलबाट ४८ अङ्क बनाएको छ । नेपालले अर्को खेल फागुन ९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । सात टोली सहभागी सिरिजमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img