Wednesday, April 16, 2025
46.6 F
Washington DC.

रुसले मानवता विरुद्धको अपराध गरेको अमेरिकाको औपचारिक आरोप

"उनीहरूको कार्य हाम्रो साझा मूल्यमान्यता र हाम्रो साझा मानवतामाथिको आक्रमण हो। रुसी सेनाले आम नागरिक विरुद्ध व्यापक र प्रणालीगत आक्रमण गरेको छ," ह्यारिसले मन्तव्यमा भनिन ।

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले शनिबार म्युनिख सुरक्षा सम्मेलनमा रसियालाई युक्रेनमा “मानवता विरुद्धको अपराध” गरेको आरोप लगाउँदै मस्कोको सेनाले देशको नागरिक बस्तिमा “व्यापक र प्रणालीगत” आक्रमण गरेको बताएकि छन् ।

मस्कोले युक्रेनमा आफ्नो सेना पठाएको एक वर्ष पूरा भएको दिनअघि म्युनिख सुरक्षा सम्मेलनमा उनले यस्तो टिप्पणी गरेकी हुन्। “अमेरिकाले औपचारिक रूपमा रुसले मानवता विरुद्धको अपराध गरेको पुष्टि गरेको छ,” उनले भेलामा विश्व नेताहरूलाई सम्बोधन गर्दै भनिन्।

अमेरिकाले औपचारिक रूपमा युक्रेनमा रुसको कार्यलाई मानवता विरुद्धको अपराधको रूपमा तोकेको यो पहिलो पटक हो। “उनीहरूको कार्य हाम्रो साझा मूल्यमान्यता र हाम्रो साझा मानवतामाथिको आक्रमण हो। रुसी सेनाले आम नागरिक विरुद्ध व्यापक र प्रणालीगत आक्रमण गरेको छ,” ह्यारिसले मन्तव्यमा भनिन ।

उनले युक्रेनमा मस्कोको सेनाले गरेको दुव्र्यवहारका बारेमा सूचीबद्ध रुपमा प्रस्तुत गर्दै – “हत्या, यातना, बलात्कार र निर्वासन, मृत्युदण्डको शैलीको हत्या, कुटपिट र विद्युतीय प्रहारको भयानक कार्यहरू” गरेको बताईन ।

“म यी अपराधहरू गर्ने सबैलाई र यी अपराधहरूमा संलग्न हुने उनीहरूका उच्च अधिकारीहरूलाई भन्छु कि तपाई जवाफदेहि हुनु पर्नेछ … न्यायको खोजी हुनुपर्छ,” ह्यारिसले कडा शब्दमा भनिन।

तीन दिने सम्मेलनमा फ्रान्स र जर्मनीका नेताहरू र चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीलगायत विश्वका नेताहरू सहभागी छन्।

ह्यारिसले रुसको आक्रमणको सामना गर्न युक्रेनको सफलताको पनि प्रशंसा गरेकी थिइन् ।

“कीभ अझै उभिएको छ, रुस कमजोर भएको छ, ट्रान्सएटलान्टिक गठबन्धन पहिले भन्दा बलियो छ र सबैभन्दा महत्त्वपूर्ण कुरा युक्रेनी जनताको भावना उच्च छ ,” उनले भनिन्।

मन्तव्यका क्रममा उनले थपिन- “हामी हाम्रो साझा मूल्य र हाम्रो साझा हितको लागि खडा हुन सँगै आएका छौं। र हाम्रो साझा मानवताका लागि ।”

एक दिन अघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, उही उच्च-प्रोफाइल टाइम स्लटमा बोल्दै भेला भएका नेताहरूलाई रूस विरुद्धको लडाईमा कीभको लागि उनीहरूको समर्थनमा “तिब्र गति ” गर्न आग्रह गरेका थिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img