spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

जापानद्वारा युक्रेनलाई ५.५ अर्ब डलर दिने घोषणा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकापछि अब जापानले पनि युक्रेनलाई थप ५ अर्ब ५० करोड डलर सहयोग गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन भ्रमणपछि जापानले यो सहयोग दिने घोषणा गरेको हो । जापानको यस सहयोगबाट युक्रेनको मनोबल उच्च हुन थालेको छ ।

फेब्रुअरी २४ का दिन रुस – युक्रेन युद्धको एक वर्ष हो। यसैबीच रुसले कीभमा ठूलो आक्रमण गर्न सक्ने विश्लेषक हरुले अनुमान गरेका छन् । यसबाट त्रसित युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अमेरिकालगायत युरोपेली मुलुकसँग सहयोग मागेका छन्। अहिले एकपछि अर्को देशले एकता देखाउँदै युक्रेनलाई सहयोग गरिरहेका छन्।

यसै बीच जापानी प्रधानमन्त्री फुमियो किशिदाले सोमबार युक्रेनका लागि थप ५.५ अर्ब डलर सहयोगको घोषणा गरेका छन्। यससँगै जापानले रुस-युक्रेन युद्धको एक वर्ष पूरा भएको उपलक्ष्यमा जी – ७ को अनलाइन शिखर सम्मेलन आयोजना गर्ने छ, जसमा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि सहभागी हुनेछन्।

एक जापानी थिंक ट्याङ्कद्वारा टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै किशिदाले युक्रेनले अझै पनि रुसी आक्रमणको सामना गरिरहेको र युक्रेनीहरूलाई आफ्नो दैनिक आवश्यकता पूरा गर्न र आक्रमणबाट ध्वस्त भएका संरचनाहरूको पुनर्निर्माण गर्न सहयोगको आवश्यकता रहेको बताएका छन । जापानले यस वर्ष जी – ७ को अध्यक्षता गर्दैछ। रूसी आक्रमणको एक बर्ष हुने दिने शुक्रबार अनलाइन जी – ७ शिखर सम्मेलन हुने जापानी प्रधानमन्त्रीले बताएका छन् , जसमा जेलेन्स्की पनि सहभागी हुनेछन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img