Friday, March 6, 2026
53.4 F
Washington DC.

टर्की–सिरियामा फेरि ६.३ म्याग्निच्युडको भूकम्प, तीन जनाको मृत्यु, दुई सयभन्दा बढी घाइते

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

टर्कीमा फेरि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । रिक्टर स्केलमा यसको तीव्रता ६.३ मापन गरिएको थियो । टर्की-सिरिया सीमा क्षेत्रमा दुई किलोमिटर (१.२ माइल) गहिराईमा ६.३ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्र (EMSC) ले जनाएको छ। टर्कीको दक्षिणी प्रान्त हातेमा सोमबार दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

टर्कीका गृहमन्त्री सुलेमान सोयलुले पछिल्लो भूकम्पमा तीन जनाको मृत्यु भएको र २१३ जना घाइते भएको जानकारी दिएका छन् । भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घरबाहिर निस्किएपछि जताततै अस्तव्यस्त भएको थियो । मिडिया रिपोर्टका अनुसार पछिल्लो भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको छ।

टर्कीको अनादोलु समाचार एजेन्सीका अनुसार हाते प्रान्तमा रहेको ६.४ र ५.८ म्याग्निच्युडको भूकम्पको धक्का छिमेकी लेबनानको राजधानी बेरुतमा पनि महसुस गरिएको थियो । टर्की-सिरियाको सीमामा भूकम्पपछि एलेप्पोमा एउटा भवनको केही भाग भत्किँदा छ जना घाइते भएका छन्, सिरियाको सरकारी समाचार एजेन्सी सानाले उद्धृत गरेको मिडिया रिपोर्टले जनाएको छ।

टर्कीको विपद् एजेन्सीले विपद् तथा आपतकालीन व्यवस्थापन प्रेसिडेन्सी (एएफएडी) लाई उद्धृत गर्दै स्थानीय समय अनुसार करिब २०.०४ बजे हातेमा ६.४ रेक्टर स्केलको भूकम्प गएको तीन मिनेटपछि ५.८ म्याग्निच्युडको दोस्रो भूकम्प गएको जनाएको छ । एएफएडीले समुद्रको सतह ५० सेन्टीमिटर (१.६ फीट) सम्म बढ्न सक्ने भएकाले समुद्रको सतह बढ्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रको भ्रमण नगर्न नागरिकहरूलाई आग्रह गरेको छ। टर्कीका उपराष्ट्रपति फुआत ओक्तेले यस क्षेत्रका नागरिकहरूलाई क्षतिग्रस्त भवनहरूबाट टाढा रहन आग्रह गरेका छन् ।

(एजेन्सीको सहयोगमा)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img