spot_img
Monday, May 20, 2024
73.3 F
Washington DC.
spot_img

चीन र जापानका अधिकारीहरू चार वर्षमा पहिलो पटक टोकियोमा : तनावग्रस्त सम्बन्धलाई स्थिर बनाउने प्रयास

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चीन र जापानका अधिकारीहरूले बिहिबार टोकियोमा अनौपचारिक सुरक्षा वार्ताका लागि भेटेका छन् । तनावग्रस्त सम्बन्धलाई स्थायित्व प्रदान गर्ने उद्देश्यका साथ विगत चार वर्षयता यो पहिलो बैठक हो । डिसेम्बरमा जारी गरिएको जापानको राष्ट्रिय सुरक्षा रणनीतिमा चीनलाई जापानको शान्ति र सुरक्षाको लागि सबैभन्दा ठूलो रणनीतिक चुनौती भनिएको थियो।

चीनले जापानको सैन्य तयारीको बारेमा चिन्तित रहेको बताएको छ भने टोकियोले देश वरिपरि जासुसी बेलुनको संदिग्ध प्रयोग र चिनियाँ सैन्य गतिविधिका साथै रुससँगको सहकार्यमा चिन्ता व्यक्त गरेको छ।

अमेरिकाको प्रमुख सहयोगी जापानले डिसेम्बरमा रक्षा खर्चमा ऐतिहासिक वृद्धिको घोषणा गर्दै सन् २०२७ सम्ममा रक्षा बजेट दोब्बर गरी कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पु¥याउने वाचा गरेको थियो ।

चीन र जापानले पूर्वी चीन महासागरमा रहेका विवादित टापुहरूबारे पनि छलफल गरेका थिए। सेन्काकु टापुहरू टोकियोको नियन्त्रणमा छन् तर बेइजिङले तिनीहरूलाई आफ्नो भएको दाबी गर्दै आएको छ र तिनीहरूलाई डियाओयु टापुहरू भनिन्छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img