Tuesday, May 20, 2025
55.3 F
Washington DC.

टर्कीपछि इन्डोनेसियामा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इन्डोनेसियाको पूर्वी प्रान्त उत्तरी मालुकुमा शुक्रबार बिहान ६.८ म्याग्निच्युडको भूकम्प गएको छ। अधिकारीहरूका अनुसार भूकम्पबाट मानवीय वा क्षति भने भएको छैन ।

बिहान ३ बजेर २ मिनेटमा भूकम्प गएको हो । स्थानीय समय शुक्रवार यसको केन्द्रबिन्दु मोरोटाई टापु जिल्लाको १३३ किमी उत्तरपश्चिममा र समुद्रको तल ११२ किलोमिटरको गहिराइमा अवस्थित छ, र सुनामी ट्रिगर नगरेको, इन्डोनेसियाको मौसम मापन एजेन्सीले भनेको छ ।

भूकम्पको धक्का नजिकैको उत्तरी सुलावेसी प्रान्तमा पनि महसुस गरिएको एजेन्सीले जनाएको छ ।

हालसम्म भूकम्पको धक्काले भवन वा पूर्वाधारमा कुनै क्षति पुगेको छैन, राष्ट्रिय विपद् व्यवस्थापन तथा न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीलाइ उदृत गर्दै सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।

“भूकम्प पछि कुनै क्षति वा हताहतीको प्रारम्भिक रिपोर्ट नभएको ,” प्रवक्ताले फोनमा सिन्ह्वालाई भनेका छन् ।

“मोरोताई टापु जिल्लाका बासिन्दाहरूले भूकम्पको धक्का महसुस गरेका थिए , तर तिनीहरू आत्तिएनन्,” उत्तरी मालुकु प्रान्तको प्रकोप एजेन्सीको आपतकालीन इकाईका प्रमुख युसरी ए कासिमले सिन्ह्वालाई फोनमा भनेका छन् ।

इन्डोनेसिया “प्यासिफिक रिङ अफ फायर” भनिने भूकम्प प्रभावित क्षेत्रमा पर्दछ ।
(सिन्ह्वा समाचार एजेन्सीको सहयोगमा)

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img