spot_img
Saturday, September 21, 2024
81.2 F
Washington DC.
spot_img

युक्रेनलाई सहयोग गरेबापत रुसद्वारा पोल्याण्डको तेल आपूर्ति अवरुद्ध

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युक्रेन र रुसबीच जारी युद्धले ऊर्जालगायत धेरै क्षेत्रमा असर गरिरहेको छ । यस युद्धका कारण युरोपेली देशहरूले ऊर्जा आपूर्तिमा धेरै चुनौतीहरूको सामना गर्नु परेको छ। यसैबीच, मिडिया रिपोर्टका अनुसार रुसले अब पाइपलाइनबाट पोल्याण्डमा तेल आपूर्ति बन्द गरेको छ।

रसियाले द्रुज्बा पाइपलाइनबाट पोल्याण्डमा तेलको आपूर्ति रोकेको कारण कम्पनीले खाली ठाउँ भर्न वैकल्पिक स्रोतहरू खोजिरहेको पोल्याण्ड रिफाइनरका प्रमुख कार्यकारी पीकेएन ओर्लेनले शनिबार बताएका छन । रुसले युक्रेनमा आक्रमण गरेपछि पाइपलाइनको तेल आपूर्तिलाई युरोपियन युनियनको प्रतिबन्धबाट बाहिर राखिएको थियो, तर पोल्याण्डले युक्रेनलाई आफ्नो पहिलो लियोपार्ड ट्याङ्कहरू पठाएको एक दिनपछि रूसले द्रुज्बा पाइपलाइनबाट तेल आपूर्ति अवरुद्ध गरेको छ।

कम्पनी पीकेएन ओर्लेनका प्रमुख कार्यकारी अधिकृत ड्यानियल ओब्जटेकले आफुहरु प्रभावकारी रूपमा आपूर्ति सुरक्षित गरिरहेको बताएका छन् । ” रुसले पोल्याण्डलाई आपूर्ति रोकेको छ, जसको लागि हामी तयार छौं। रुसबाट मात्र १० प्रतिशत कच्चा तेल आउँदैछ र हामी यसलाई अन्य स्रोतबाट तेलको प्रतिस्थापन गर्नेछौं, ” ओब्जटेकले संचारमाध्यमलाई बताएका छन।

कम्पनीले आफ्ना रिफाइनरीहरूलाई पूर्ण रूपमा समुद्रबाट आपूर्ति गर्न सक्ने भएकाले पाइपलाइन आपूर्ति अवरोधहरूले ग्राहकहरूलाई पेट्रोल र डिजेलको डेलिभरीलाई असर नगर्ने ओब्जटेकले बताएका छन। फेब्रुअरीसम्मका लागि ओर्लेनले रूसको रोजनेफ्टसँगको सम्झौता अन्तर्गत रूसको तेल र प्राकृतिक ग्यास कम्पनी ट्याटनेफ्टसँगको सम्झौता अनुसार तेल प्राप्त गर्दै आएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img