spot_img
Saturday, September 21, 2024
81.2 F
Washington DC.
spot_img

अभिनेता पल शाहले नाबालिग बलात्कारको मुद्दामा पाए सफाइ, जेलबाट भोली रिहा हुदै

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अभिनेता पल शाहले नाबालिग बलात्कारको मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पोखराले नाबालिग बलात्कारको मुद्दामा पल शाह (पूर्णविक्रम शाह) लाई आइतबार सफाइ दिएको हो।

बाल यौन दुर्व्यवहारको मुद्दामा अभिनेता शाहले तनहुँ जिल्ला कारागारमा जेल सजाय काटिरहेका थिए । जिल्ला अदालत नवलपुरको फैसला उल्ट्याउँदै उच्च अदालत पोखराले आइतबार शाहलाई सफाइ दिएको हो ।

उच्च अदालत पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले बाल यौन दुरुपयोगको अभियोग दाबी नपुग्ने फैसला सुनाएको हो । यो फैसलासँगै अभिनेता शाह जेलमुक्त हुने भएका छन् ।

शाहलाई गत भदौ १० मा नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले बलात्कार अभियोगबाट सफाइ दिए पनि बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको थियो।

जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध अभिनेता शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।

२०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा बालिकाका बुवाले आफ्नी छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएका थिए । शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आएका थिए । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उनका बुवाले समेत दुवै अदालतमा बलात्कार नभएको भन्दै बयान फेरेका थिए ।

अदालतको फैसलाको पूर्णपाठ:

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img