spot_img
Friday, September 20, 2024
82.2 F
Washington DC.
spot_img

सन्दीप लामिछानेले विदेशी भूमिमा क्रिकेट खेल्न पाउने सर्वोच्चको आदेश, फर्केको १५ दिनभित्र अदालतमा उपस्थित हुनु पर्ने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सन्दीप लामिछानेले विदेशी भूमिमा क्रिकेट खेल्न पाउने भएका छन् । सर्वोच्च अदालतले आज सोमबार उनको पक्षमा फैसल गर्दै विदेशमा खेल खेल्न जान लागेको प्रतिबन्ध फुकुवा गरेको हो। सर्वोच्चले सन्दीपको रोक्का भएको राहदानी फुकुवा गर्न पनि आदेश दिएको छ । सन्दीप खेल समाप्त भएपछि बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा उपस्थित भएर जानकारी गराउनु पर्नेछ । यस शर्तको उल्लङ्घन गरेमा यो सुविधा फिर्ता लिने जानकारी सन्दीपलाई गराउन पनि अदालतले आदेश दिएको छ ।

लामिछानेलाई यसअघि पाटन उच्च अदालतले विदेशमा क्रिकेट खेल्न जान प्रतिवन्ध लगाएको थियो । सर्वोच्च अदालतले सोमबार त्यसलाई फुकुवा गरेको हो । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा छोड्ने पुस २८ गतेको उच्च अदालतको आदेश सदर गरेको छ ।

अदालतले फास्ट ट्रयाकमा मुद्दाको किनारा लगाउन पनि जिल्ला अदालत काठमाडौंलाई आदेश दिएको छ । सर्वोच्चको आदेशपछि सञ्चारकर्मीसँग कुरा गर्दै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले सन्दीप लामिछानेको तर्फबाट विदेश खेल्न जान पाउनुपर्ने निवेदनमा सुनुवाई गर्दै विदेशमा खेल्नबाट रोक्नुपर्ने कुनै कारण नरहेकाले विदेशमा खेल्न जान पाउने आदेश अदालतले गरेको बताएका छन ।

अदालतले प्रस्तुत मुद्दा जबरजस्ती करणीको भएको र प्रतिवादी लामिछाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी भई सार्वजनिक चासोको विषय भएकाले फास्ट ट्रयाकबाट निरन्तर सुनुवाइका प्रक्रिया पूरागरी छिटो कारवाही गर्नु भनि काठमाडौं जिल्ला अदालतलाई जानकारी दिई नियमअनुसार गर्न पनि आदेश दिएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img