spot_img
Friday, September 20, 2024
74.5 F
Washington DC.
spot_img

इराक: सुरक्षा फौजको कारबाहीमा कम्तीमा १७ आईएस आतङ्ककारी मारिए

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इराकको सुरक्षा फौजले कारबाहीमा कम्तीमा पनि १७ जना आईएस आतङ्ककारी मारिएका छन् । इराकको पश्चिमी प्रान्त अन्बरको अकसात क्षेत्रमा ती आतङ्ककारी मारिएको इराकी अधिकारीहरूले संचारमाध्यमलाई जानकारी गराएका हुन्।

इराकको पश्चिमी क्षेत्रमा आईएसले पछिल्लो समयमा गतिबिधि बढेको र आतङ्क मच्चाएकाले सेनाले कारबाही शुरु गरेको राकी सेनाका प्रवक्ता याहिया रोसलले जानकारी दिएका छन् । आइतबारको कारबाहीमा आईएस समूहका एकजना कमाण्डरसहित १७ जनाको ज्यान गएको प्रवक्ता रोसलले जानकारी दिएका छन् ।

केही महिना देखि इराकी सेनाले इराकको पश्चिमी प्रान्त अन्बमा सैनिक कारबाही गर्दै आएको प्रवक्ता रोसलले बताएका छन। बिगत केहि महिना देखि सो प्रान्तमा आईएस समूहले सुरक्षा फौज तथा सरकारी कार्यालयमाथि आक्रमण गर्न थालेपछि उक्त सैनिक कारबाही अघि बढाइएको प्रवक्ता रोसलले जानकारी दिएका छन् ।
सन् २०१७ मा इराकको सेनाले आईएसका विरुद्धमा व्यापक कारबाही गरी देशका सबै भूभाग आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसपछि यहाँ शान्तिसुरक्षाको राम्रो अवस्था रहेको भए पनि कतिपय स्थानमा अहिले पनि आईएसले आतङ्ककारी गतिविधिलाई निरन्तरता दिने गरेका छन् । सिन्हवा

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img