Saturday, July 25, 2026
82.2 F
Washington DC.

११२ गैरकानुनी आप्रवासीलाई लिबियाले पठायो फिर्ता: संयुक्त राष्ट्रसङ्घीय आप्रवासन एजेन्सी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (IOM) ले बिहीबार लिबियाबाट ११२ अवैध आप्रवासीलाई आफ्नो मूल देशमा फिर्ता पठाइएको जनाएको छ।

“आज ११२ आप्रवासीहरूले युरोपेली संघको संगको संयुक्त पहल मार्फत आफ्नो मूल देश फिर्ता गर्न सक्षम भएका छौ ,” संयुक्त राष्ट्र एजेन्सीले आफ्नो फेसबुक पेजमा जनाएको छ ।

“पाँच मेडिकल केस सहित पुरुष, महिला र बालबालिका बोकेको चार्टर उडान आज दिउँसो सेभा एयरपोर्टबाट नियामी, नाइजरको लागि प्रस्थान गर्यो,” एजेन्सीले जनाएको छ।

स्वैच्छिक फिर्ता कार्यक्रमले आप्रवासीहरूलाई सुरक्षित रूपमा घर फर्कन यातायात, चिकित्सा जाँच, कागजात, र अन्य लजिस्टिक आवश्यकताहरू लगायतका सहायता प्रदान गर्दछ।

२०११ मा लिबियाका दिवंगत नेता मुअम्मर गद्दाफीको शासनको पतन पछि लिबियामा असुरक्षा र अराजकताको कारण धेरै आप्रवासीहरू, प्राय अफ्रिकीहरूले लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारहरूमा जान सुरु गरेका थिए ।

एजेन्सीका अनुसार हालसम्म २,८५० अवैध आप्रवासीलाई समुद्रबाट उद्धार गरी लिबिया फर्काइएको जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img