Monday, May 19, 2025
76.3 F
Washington DC.

इरानका राष्ट्रपतिद्वारा विद्यालयकी छात्रालाई विष खुवाएको विषयमा छानबिन गर्न आदेश

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इरानमा बुधबार एक सयभन्दा बढी विद्यार्थीलाई अस्पतालमा भर्ना गरिएपछि इरानका राष्ट्रपतिले छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति इब्राहिम राईसीले केही विद्यालयमा धेरै विद्यार्थीलाई विषाक्त गरेको विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न र ‘कागजात र निरन्तर सूचना उपलब्ध गराउन’ गृहमन्त्री अहमद वाहिदीलाई जिम्मेवारी दिएको राष्ट्रपतिको वेबसाइटमा उल्लेख छ।

राईसीले आफ्नो विज्ञप्तिमा स्वास्थ्य मन्त्रालय, गुप्तचर मन्त्रालय र अन्य सम्बन्धित निकायले गृहमन्त्रीसँग मिलेर यो समस्या समाधान गर्नेमा जोड दिएका छन् । उनले कुनै पनि सूचना प्रवाह गृह मन्त्रालय मार्फत हुनुपर्नेमा दिएका छन्।

विगत तीन महिनामा सयौं छात्राहरू श्वासप्रश्वासको समस्याबाट पीडित छन् र यो इस्लामिक गणतन्त्रमा बालिका विद्यालयहरू जबरजस्ती बन्द गर्ने प्रयास हुन सक्छ, समाचार एजेन्सीहरूले सरकारी अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेको छन्। आरएफई/आरएलको रेडियो फर्दाले मार्च १ मा कम्तिमा २६ विद्यालयहरू संकटबाट प्रभावित भएको रिपोर्ट गरेको छ।

समाचार एजेन्सी तस्निमका अनुसार तेहरानका तीन विद्यालय र अर्दाबिलमा भएको घटनाका कारण ११८ विद्यार्थीलाई अस्पतालमा भर्ना गरिएको छ । राष्ट्रपति राइसीको वेबसाइटमा उल्लेख गरिएको छ कि उनले वहिदीलाई जिम्मेवारी दिएर “पीडित विद्यार्थीहरूको परिवारको चिन्ता कम गर्न” छानबिन गर्न निर्देशन छन्।

मुख्यतया मलमा प्रयोग हुने नाइट्रोजनको अंश सहर कोमका विद्यालयमा भेटिएको उल्लेख गरिएको छ तर स्वास्थ्य मन्त्रालयले यो पूर्ण सत्य नभएको भन्दै घटनाको खण्डन गरेको छ ।

धेरै इरानी शहरहरूमा विषाक्तताको कारण र संख्या अज्ञात छ। यद्यपि, हालैका रिपोर्टहरू अनुसार घटनामा संलग्न तीन व्यक्तिलाई पक्राउ गरिएको समाचार एजेन्सी तस्निमले जनाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img