Monday, May 19, 2025
64.9 F
Washington DC.

क्याम्ब्रिज विश्वविद्यालयको अनुसन्धान: हृदय रोग लगायतका गम्भीर रोगहरूको जोखिम कम गर्न दैनिक ११ मिनेट यो काम गर्नुहोस्

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

दिनमा मात्र ११ मिनेट वा हप्ताको ७५ मिनेट हिड्ने वा मध्यम शारीरिक क्रियाकलाप गर्दा हृदय रोग र क्यान्सरलगायत धेरै गम्भीर रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ। क्याम्ब्रिज विश्वविद्यालयको नेतृत्वमा गरिएको नयाँ अनुसन्धानले यो पत्ता लगाएको हो । ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनमा मंगलबार प्रकाशित एक अध्ययनमा, अनुसन्धानकर्ताहरूले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (NHS) द्वारा सिफारिस गरिएको शारीरिक गतिविधिको आधा मात्रा गरेमा १० मध्ये एकले प्रारम्भिक मृत्युलाई रोक्न सकिने निष्कर्ष निकालेका छन्।

मध्यम शारीरिक गतिविधिले हृदय रोग र क्यान्सरको जोखिम कम गर्छ, र एनएचएसले वयस्कहरूलाई हप्तामा ७५ मिनेट मध्यम शारीरिक गतिविधि गर्न सिफारिस गरेको छ । क्याम्ब्रिज विश्वविद्यालयको मेडिकल रिसर्च काउन्सिल (MRC) इपिडिमियोलोजी युनिटका डाक्टर सोरेन ब्रजले भनेका छन् , “केही नगर्नुभन्दा केही शारीरिक गतिविधिमा भाग लिनु राम्रो हो। यदि तपाइँ एक हप्तामा ७५ मिनेट शारीरिक गतिविधि गर्न सक्नुहुन्छ जस्तो लाग्छ भने त्यसपछि बिस्तारै तपाइँले सिफारिस गरिएको स्तरमा गतिविधि बढाउनुपर्छ।

विश्वमा सबैभन्दा बढी मृत्यु मुटुसम्बन्धी रोगका कारण हुने गरेको छ । सन् २०१९ मा हृदय रोगका कारण १.७९ करोड मानिसको मृत्यु भएको थियो भने सन् २०१७ मा ९६ लाख मानिसको क्यान्सरबाट मृत्यु भएको थियो । अध्ययनका अनुसार हप्तामा ७५ मिनेटको शारीरिक गतिविधिले हृदयाघातको जोखिम १७ प्रतिशत र क्यान्सरको जोखिम ७ प्रतिशतले कम गर्छ ।

मध्यम-तीव्र शारीरिक क्रियाकलापहरु :
मध्यम देखि तीव्र शारीरिक गतिविधिहरुले मुटुको धडकनको मात्र बढाउँछ र छिटो छिटो सास फेर्नु पर्ने बनाउँछ, तथापी यी गतिविधिको समयमा बोल्न सकिन्छ । मध्यम-तीव्र शारीरिक क्रियाकलापहरुका उदाहरण यसप्रकार छन् :

छिटो हिड्ने
नाच्ने
साइकल चलाउँदै
टेनिस खेल्दै
पैदल हिडने

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img