Wednesday, June 10, 2026
72.7 F
Washington DC.

बोरिस जोनसनले बेलायती संसदलाई धेरै पटक गुमराह गरेको हुन् सक्छ- संसदीय समिति

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बेलायतको संसदीय समितिले पूर्वप्रधानमन्त्री बोरिस जोनसनको आचरणबारे छानबिन गरिरहेको छ । समितिले शुक्रबार भनेको छ कि जोनसनले धेरै पटक हाउस अफ कमन्सलाई गुमराह गरेको हुन सक्छ।

हाउस अफ कमन्स विशेषाधिकार समितिले आफ्नो निष्कर्षको सारांश प्रकाशित गरेको छ। समितिले जोनसनलाई जानाजानी संसदलाई गुमराह गरेको भन्ने आरोपमा अन्तिम निष्कर्षका लागि यस महिनाको अन्त्यसम्म मौखिक प्रमाण दिन भनेको छ।

५८ वर्षीय पूर्वप्रधानमन्त्रीले गत वर्ष पार्टीगेट काण्डका कारण १० डाउनिङ स्ट्रिटबाट राजीनामा दिएका थिए । उनले बारम्बार हाउस अफ कमन्समा कोभिड लकडाउनको नियम सरकारी आवास भित्र तोडिएको कुरा अस्वीकार गरेका थिए। संसदीय समितिले प्रकाशित गरेको प्रतिवेदनमा जोनसन बैठकमा उपस्थित हुँदा कोभिड लकडाउनका नियमहरु उल्लङ्घन गर्ने गरेको बलियो प्रमाण रहेको बताएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img