spot_img
Monday, May 20, 2024
60.2 F
Washington DC.
spot_img

राष्ट्रसंघ: जी -२० बैठकमा युक्रेनबारे संयुक्त घोषणा नहुँदा देश विभाजनको संकेत

सम्बन्धित समाचार

जी -२० विदेश मन्त्रीहरूको बैठकमा युक्रेनबारेको संयुक्त घोषणापत्रमा सहमत हुन असफल हुनुले अन्तर्राष्ट्रिय मञ्चमा देशहरू बीचको “विभाजन” झल्काउने संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ताले भनेका छन्। उनले यो आयोजकका रूपमा भारतको प्रयासलाई प्रतिबिम्बित नगरेको बताए। जी -२० को अध्यक्षको रूपमा भारतले बिहीबार नयाँ दिल्लीमा विदेशमन्त्रीहरूको बैठक आयोजना गरेको थियो, जसमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र चिनियाँ विदेशमन्त्री किन ग्याङलगायत अन्य देशका विदेशमन्त्रीहरू सहभागी थिए। ..

युक्रेन द्वन्द्वलाई लिएर रुस र पश्चिमा देशबीचको खाडल देखिए पनि आयोजक भारतले मतभेदलाई कम गर्ने प्रयास गरेता पनि संयुक्त घोषणापत्रमा सहमति हुन सकेन। नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ब्लिन्केनले रुस र चीनले बैठकमा संयुक्त घोषणालाई समर्थन नगर्ने दुई देश रहेको बताए ।

गुटेरेसका प्रवक्ता स्टेफेन दुजारिकले बिहीबार पत्रकार सम्मेलनमा भने, “हामी बैठकमा सहभागी थिएनौं। मलाई लाग्छ स्वाभाविक रूपमा यसले जी – २० को आयोजकको रूपमा भारतको प्रयासलाई प्रतिबिम्बित गर्दैन। हामी टेबुलमा नभएकाले समस्या कहाँ भएको हुनुपर्छ भनेर दोष लगाउनु वा विश्लेषण गर्नु उचित हुँदैन। तर यो विभाजनको अर्को प्रदर्शन हो जुन हामीले धेरै अन्तर्राष्ट्रिय फोरमहरूमा देख्छौं।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेशमन्त्री सर्गेई लाभरोभले एक वर्षअघि युक्रेनमा रुसले आक्रमण गरेपछि पहिलो पटक जी -२० बैठकको छेउमा वान टु वान वार्ता गरेका थिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img