Saturday, July 25, 2026
82 F
Washington DC.

बाइडेनको छातीबाट छालाको क्यान्सर जन्य तन्तु हटाइयो- ह्वाइट हाउसका चिकित्सक

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चिकित्सकले अमेरिकी राष्ट्रपति जो बाइडेनको छातीबाट छालाको सानो घाउ हटाएका छन् जुन बायोप्सीले क्यान्सर भएको पुष्टि गरेको थियो। नियमित शारीरिक परीक्षणको क्रममा उक्त घाउ क्यान्सर भएको पत्ता लागेको थियो।

ह्वाइट हाउसका चिकित्सक केभिन सी. ओ’कोनरले एक विज्ञप्तिमा भनेका छन् कि क्यान्सरका सबै तन्तुहरू सफलतापूर्वक हटाइयो। यो प्रक्रिया फेब्रुअरी १६ मा भएको थियो जब बाइडेनले वाल्टर रीड राष्ट्रिय सैन्य मेडिकल सेन्टरमा परिक्षण गराएका थिए ।

बेसल सेल कार्सिनोमा घाउमा छालाको क्यान्सरका अन्य प्रकारहरू जस्तै फैलिने वा मेटास्टेसाइज गर्ने प्रवृत्ति हुँदैन, ह्वाइट हाउसका चिकित्सक केभिन सी. ओ’कोनरले भनेका छन्। तर तिनीहरू ठूला हुन सक्छन्, शल्यक्रियाको समयमा हटाउन गाह्रो बनाउन सकछन ।

“बायोप्सी साइट वरपरको क्षेत्र बायोप्सीको समयमा इलेक्ट्रोडेसिकेशन र क्युरेटेजको साथ उपचार गरिएको थियो। थप उपचार आवश्यक छैन, ” चिकित्सक, केभिन सी. ओ’कनरले एक विज्ञप्तिमा भनेका छन् यो प्रक्रिया फेब्रुअरी १६ मा भएको थियो जब बाइडेनले वाल्टर रीड राष्ट्रिय सैन्य मेडिकल सेन्टरमा आफ्नो शारीरिक परिक्षण गराएका थिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img