spot_img
Friday, September 27, 2024
74 F
Washington DC.
spot_img

शाहरूख पत्नी गौरी माथि ठगीको आरोप लगाई उजुरी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भारतको उत्तर प्रदेशको राजधानी लखनउमा एक व्यक्तिले बलिउड सुपरस्टार शाहरुस खानकी श्रीमती गौरी खान सहित तीनजनाविरुद्ध एफआइआर दर्ता गरेका छन् । गौरी फेसन डिजाइनर र फिल्म निर्माता पनि हुन् । गौरी ‘मे हु ना’, ‘ओम शान्ती ओम’ र ‘चेन्नई एक्सप्रेस’ जस्ता चर्चित फिल्मको निर्माता हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार गौरीमाथि भारतीय दण्ड संहिता (आईपीसी) को धारा ४०९ अन्तर्गत ठगीको आरोप लगाइएको छ । मुम्बईका जसवंत शाहले गौरी ब्रान्ड एम्बेसडर रहेको कम्पनीलाई अपार्टमेन्ट दिने सर्तमा ८६ लाख रुपैयाँ लिएका थिए । तर, टाइम्स अफ इन्डियाका अनुसार शाहले सम्झौताअनुसार अपार्टमेन्ट नपाएको गुनासो गरेका छन् । अपार्टमेन्ट तुलसीदास गोल्ड भ्यू, सुशान्त गल्फ सिटी, लखनउमा अवस्थित छ।

उनले गौरीको ब्रान्ड एम्बेसडरबाट विज्ञापनको प्रभावमा अपार्टमेन्ट किनेको उजुरीमा उल्लेख छ । गौरी घर निर्माण गर्ने रुसी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट लिमिटेडकी ब्रान्ड एम्बेसडर हुन् ।

शाहले अपार्टमेन्ट निर्माण कम्पनी – रुसी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट लिमिटेड विरुद्ध पनि उजुरी दिएका छन् । उजुरीमा शाहले गौरीमाथि हिनामिना गरेको पनि आरोप लगाएका छन् । टाइम्स अफ इन्डियाका अनुसार शाहले कम्पनीले आफ्नो पैसा लिए पनि अपार्टमेन्ट अरु कसैलाई दिएको उजुरीमा दाबी गरेका छन् । गौरी र कम्पनीका अलावा शाहले रुसी कन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार तुलसियानी र निर्देशक महेश तुल्सियानीविरुद्ध पनि उजुरी दिएका थिए ।

गौरी एक कुशल इन्टेरियर डिजाइनर हुन् र उनी गौरी खान डिजाइन्सको मालिक समेत हुन् । भारतीय मिडियाका अनुसार गौरीले पछिल्लो उजुरी उपर आफ्नो भनाई राखेकी छैनन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img