spot_img
Monday, May 20, 2024
60.2 F
Washington DC.
spot_img

बंगलादेशमा अक्सिजन प्लान्टमा लागेको आगोले ५ को मृत्यु , ३० जना घाइते

सम्बन्धित समाचार

बंगलादेशको चट्टोग्राम जिल्लामा शनिबार एक अक्सिजन प्लान्टमा भीषण आगलागी भएको छ । यस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन् ।

स्थानीय संचार माध्यमका अनुसार शनिवार अपराह्न ४ः३० बजे सीताकुण्ड उपजिल्लाको केशवपुर क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा विष्फोटको आवाज आएको थियो । त्यसपछि मानिसहरूले आगो बलेको देखेका थिए । आगो निभाउन पाँचवटा दमकल बोलाउनु परेको दमकलले जनाएको छ । अहिलेसम्म आगजनीको ठोस कारण खुल्न सकेको छैन ।

मृतकको सनाखत हुन बाँकी रहेको बताइएको छ । यसअघि फेब्रुअरीमा ढाकाको एक आवासीय भवनमा आगलागी भएको थियो । उक्त दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img