Tuesday, May 20, 2025
55.3 F
Washington DC.

रुसी कोभिड-१९ खोप ‘स्पुतनिक भी’ विकास गर्ने वैज्ञानिकको हत्या, अपार्टमेन्टमा मृत फेला

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसी कोभिड-१९ को खोप ‘स्पुतनिक भी’ बनाउन सहयोग गर्ने वैज्ञानिक मध्ये एक एन्ड्रे बोटिकोभलाई उनको आफ्नै अपार्टमेन्टमा बेल्टले घाँटी थिचेर हत्या गरिएको अवस्थामा भेटिएको र प्रहरीले हत्यामा संलग्न एकजना संदिग्धलाई पक्राउ गरेको रुसी सञ्चारमाध्यमले जनाएको छ ।

गमलेया नेशनल रिसर्च सेन्टर फर इकोलोजी एन्ड मैथमेटिक्समा वरिष्ठ अनुसन्धानकर्ताको रूपमा काम गरेका ४७ वर्षीय बोटीकोभ बिहीबार आफ्नो अपार्टमेन्टमा मृत अवस्थामा फेला परेको रुसी समाचार एजेन्सी टासले रुसी संघको अनुसन्धान समितिलाई उद्धृत गर्दै बताएको छ।

रुसको एन्टी-कोरोनाभाइरस भ्याक्सिन ‘स्पुतनिक भी’ विकास गर्ने वैज्ञानिकहरूमध्ये एक एन्ड्रे बोटीकोभलाई उनको आफ्नै निवासमा बेल्टले घाँटी थिचेर हत्या गरिएको थियो। प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । रुसी सञ्चारमाध्यममा प्रकाशित समाचारमा यो जानकारी दिइएको हो ।

रुसी समाचार एजेन्सी टासका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बोटिकोभलाई २०२१ मा कोरोना भ्याक्सिनमा गरेको कामको लागि अर्डर अफ मेरिट फर द फादरल्याण्ड अवार्ड दिएका थिए। रिपोर्टका अनुसार २०२० मा स्पुतनिक वी भ्याक्सिन विकास गर्ने १८ वैज्ञानिक मध्ये बोटीकोभ एक थिए।

घटनाको छानबिन समितिले टेलिग्राममा जारी विज्ञप्तिमा यसलाई हत्याको मुद्दाका रूपमा अनुसन्धान गरिने बताएको छ । अनुसन्धानकर्ताहरूका अनुसार एक २९ वर्षीय व्यक्तिले विवादका क्रममा बोटिकोभको बेल्टले घाँटी थिचेर हत्या गरी भागेको थियो । कानून प्रवर्तन एजेन्सीहरूले आफ्नो प्रतिवेदनमा हत्या घरेलु अपराध भएको र संघर्षको परिणाम भएको बताएका छन् । संघीय अनुसन्धान एजेन्सीका अनुसार बोटनिकोभको शव फेला परेको केही समयपछि संदिग्धलाई पक्राउ गरिएको थियो।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img