spot_img
Friday, September 20, 2024
63.6 F
Washington DC.
spot_img

पाकिस्तान: लाहोर उच्च अदालतद्वारा बिहिबार बिहान १० बजेसम्म पूर्वप्रधानमन्त्रीलाई पक्राउ गर्ने कारबाही रोक्न आदेश

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पाकिस्तानको लाहोरमा हिंसात्मक झडप भडकिए पछि उच्च अदालतले भोलि बिहिबार स्थानिय समय बिहान १० बजेसम्म पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्ने कारबाही रोक्न आदेश दिएको छ.

प्रदर्शनकारीसँग झण्डै २४ घण्टाको झडपपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको लाहोरस्थित निवासबाट पाकिस्तान प्रहरी फिर्ता भएको छ । पाकिस्तानको समाचार एजेन्सी जियो न्यूजले यो निर्णयको श्रेय पाकिस्तान सुपर लिग क्रिकेट म्याचलाई दिएको छ जुन आज लाहोरमा हुने भनिएको छ। पछि, लाहोर उच्च अदालतले बिहीबार बिहान १० बजेसम्म खानलाई पक्राउ गर्न अपरेसन रोक्न आदेश दिएको थियो।

पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्षका समर्थकहरू र पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको निवास बाहिर सुरक्षा निकाय बीचको एक दिन लामो झडप पछि, लाहोर उच्च अदालतले जमान पार्कमा पुलिस कारबाही भोलि बिहान १० बजेसम्म रोक्न भनेको हो। अदालतले पुलिसलाई तत्काल इमरानलाई पक्राउ नगरी फिर्ता आउन आदेस दिएको बताइएको छ।

यसअघि लाहोरस्थित इमरान खानको घरबाहिर सशस्त्र प्रहरीको गाडी आइपुगेको थियो । इस्लामावादका वरिष्ठ प्रहरी अधिकारीले प्रहरीले उनलाई पक्राउ गर्न चाहेको बताएका थिए । इमरान खानको घरबाहिर पीटीआई कार्यकर्ता भेला भेला भए पछि प्रहरीसँग हिंसात्मक झडप भएको थियो ।

वास्तवमा, इमरान खानको गिरफ्तारी सरकारको लागि टाउको दुखाई बनेको छ। यही कारणले गर्दा अहिले पाकिस्तानी पुलिस इमरान खानलाई पक्राउ गर्न उनको निवास पुगेको थियो । मंगलबार साँझ पाकिस्तानी प्रहरीले इमरान खानलाई पक्राउ गर्न खोज्दा इमरानका समर्थक र प्रहरीबीच झडप भएको थियो । तर, प्रहरीले इमरान खानलाई पक्राउ गर्न सकेको थिएन । बुधबार बिहान ६ बजेदेखि इमरानका समर्थक र प्रहरीबीच फेरि झडप सुरु भएको संचार माध्यमले जनाएका छन । प्रहरीले इमरानका समर्थकमाथि अश्रुग्यास प्रहार गरेको थियो । इमरानका समर्थकले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।

मिडिया रिपोर्टका अनुसार इमरान खानको लाहोरस्थित घरलाई ठूलो संख्यामा प्रहरीले घेरेको छ । इमरान खान विरुद्ध तोशाखाना मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ र धेरै प्रयास गर्दा पनि इस्लामाबाद पुलिसले इमरानलाई पक्राउ गर्न सकेको छैन। यही कारण अहिले पाकिस्तान प्रहरीले बल प्रयोग गरिरहेको छ । प्रहरी र इमरानका समर्थकबीच जारी झडपमा दुवै पक्षका धेरै मानिस घाइते भएको खबर छ ।

सरकारको सार्वजनिक रूपमा आलोचना गर्ने उनीमाथि प्रधानमन्त्री हुँदा आफूले पाएका उपहार बेचेको र आम्दानी खुलाउन नसकेको आरोप लागेको छ । यसबारे जानकारी दिन अदालतले उनलाई बोलाएको थियो । एक वरिष्ठ प्रहरी अधिकारीले एएफपीलाई भने कि उनीहरू अदालतको आदेश पालना गर्न असफल भएको कारण उनलाई पक्राउ गर्न आएका थिए।

क्रिकेटका लोकप्रिय खेलाडी समेत रहेका ७० वर्षीय खानलाई यस अघि पनि गिरफ्तार गर्ने प्रयास भएको थियो । उनीमाथि ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहारसमेत भएको थियो । खानले प्रधानमन्त्री शेहबाज सरिफको आदेशमा आफूलाई मार्ने प्रयास भएको दाबी गरेका छन्

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img