उत्तरपश्चिमी मेडागास्करमा शनिबार राति “दर्ता नगरिएको” डुङ्गा डुब्दा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ, एक अधिकारीले संचार माध्यमलाई जानकारी गराएका छन् ।
मङ्गलबार खोजी अभियानका क्रममा कुल ८८ जना भएको ढुङ्गामा २४ जीवित र ३४ जनाको मृत्यु भएको जानकारी बन्दरगाहका समुद्री अपरेसनका निर्देशक मामी थियरी रान्ड्रियानारिभोनीले दिएका छन् । सामुद्रिक र नदी एजेन्सी (एपीएमएफ), सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा उनीहरुले उक्त जानाकारी दिएका हुन् ।
घटनाको कारणबारे अझै अनुसन्धान जारी रहेको अधिकारीहरुले बताएका छन।
फ्रान्सेली हिन्द महासागरको टापु मायोटेको लागि जाँदै गरेको डुङ्गा शनिबार राति उत्तरपश्चिमी माडागास्करको अन्काजोम्बोरोनाको समुन्द्रमा डुबेको थियो। सोमबार, यातायात तथा मौसम विज्ञान मन्त्रालयले जहाजमा ४७ यात्रु सवार रहेको जनाएको थियो ।
सामुद्रिक र नदी एजेन्सी (एपीएमएफ) ले यस्तो दुर्घटनाबाट बचाउन उपायहरू लागु गर्ने निर्णय गरेको छ, जसमा सामुद्रिक शिल्पको निर्माण र मर्मतसम्भारको लागि आवश्यक मापदण्डहरूको अनुगमनलाई सुदृढ गर्ने, साथै समुद्री मेकानिकको व्यावसायिकीकरण पनि समावेश छ, रान्ड्रियानारिभोनीले उल्लेख गरेका छन ।
(एजेन्सीको सहयोगमा)
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया