Friday, March 6, 2026
53.4 F
Washington DC.

चप्पलमा भारु ६९ लाख मूल्यको सुन लुकाउने व्यक्ति बैंगलोर विमानस्थलबाट पक्राउ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चप्पलको नक्कली क्याभिटीमा लुकाएर भारु ६९ लाख ४० हजार रुपैयाँको सुन तस्करी गर्न खोज्ने एक जनालाई भारतीय भन्सार अधिकारीले बुधबार पक्राउ गरेका छन्।

मार्च १२ मा, इन्डिगोको उडानबाट बैंककबाट बेंगलुरु आइपुगेका आरोपीलाई भन्सार एयर इन्टेलिजेन्स अधिकारीहरूले रोकेर सोधखोज गरेका थिए।

चिकित्सा उद्देश्यका लागि भारत यात्रामा आएको यात्रुले बताएका थिए। तर, यात्रुले कुनै चिकित्सा कागजातहरू प्रदान गर्न असमर्थ भएकाले अधिकारीहरूले शङ्का लागी छानबिन गरेका थिए ।

त्यसपछि भन्सार अधिकारीले शंकास्पद यात्रुको झोला र चप्पल र शरीर जाँच र स्क्यान गर्दा, उसले यात्राको क्रममा लगाएको चप्पलमा लुकाइएको सुनको टुक्राहरु फेला परेको अधिकारीहरुले संचार माध्यमलाई बताएका छन्।

अधिकारीहरुले संकास्पद चप्पलहरू खोलेर काट्दा भारु। ६९. ४० लाख मूल्य बराबरको २४ क्यारेटको १ . २ किलोग्राम सुनका चार टुक्रा बरामद गरिएको संचार माध्यमलाई बताएका छन् ।

यसबारे थप अनुसन्धान भईरहेको अधिकारीहरुले बताएका छन् ।

(आइएएनएसबाट प्राप्त जानकारी सहित)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img