spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

इमरान खान लाहोर उच्च अदालतमा हाजिर, ९ वटा मुद्दामा जमानत पाए

सम्बन्धित समाचार

लाहोर उच्च अदालतले शुक्रबार पीटीआई अध्यक्ष इमरान खानलाई लाहोर र इस्लामाबादमा दर्ता गरिएका नौ मुद्दाहरूमा सुरक्षात्मक जमानत दिएको छ, जसमध्ये आठ आतंकवादको आरोपमा दर्ता भएका थिए। आतंकवादी मुद्दामध्ये पाँच इस्लामाबादमा दर्ता भएका थिए भने बाँकी लाहोरमा दर्ता भएका थिए।

पीटीआई नेता फारुख हबीबले पनि यो घटनाको अपडेट दिदै ट्वीट गरेका छन्।
“लाहोरमा आतंकवादी प्रावधान अन्तर्गत दर्ता भएका तीनवटा मुद्दामा मार्च २७ सम्म सुरक्षा जमानत दिइएको छ।
इस्लामाबादमा आतंकवादी प्रावधान अन्तर्गत सूचीबद्ध ५ मुद्वामा मार्च २४ सम्म जमानत दिइएको छ”।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान शुक्रबार लाहोर उच्च अदालतमा हाजिर भएका थिए । उनी अदालतमा हाजिर भए पछि उनले इस्लामावाद र लाहोरमा दर्ता भएका ९ वटा मुद्दाहरू (एफआईएस) मा अदालतबाट सुरक्षात्मक जमानत पाएका हुन् । यसअघि इस्लामाबादको अदालतले इमरान खानविरुद्ध दुईवटा मुद्दामा गैर जमानती वारेन्ट जारी गरेको थियो। यसपछि इस्लामाबाद पुलिस पनि इमरान खानलाई पक्राउ गर्न दुई पटक लाहोर गएको थियो तर दुवै पटक असफल भएको थियो । प्रहरीले पक्राउ गर्ने भएपछी उनी उच्च अदालतमा हाजिर भएका हुन् । इमरान खानले इस्लामावाद गए भने आफु मारिने भन्दै आएका छन् । यस्तो अवस्थामा अदालतले उनलाई भर्चुअल रुपमा हाजिर हुन अनुमति दिनुपर्ने उनको जिकिर छ ।

मिडिया सुत्रका अनुसार लाहोर उच्च अदालतले पञ्जाब प्रहरीलाई इमरान खानलाई अदालतमा हाजिर हुनका लागि सहयोग गर्न निर्देशन दिएको थियो।अदालतले सुरुमा इमरानको सुरक्षा जमानतको निवेदनमा साँझ ५ बजे सुनुवाइ हुने बताएको थियो तर पछि साढे ५ बजेसम्म लम्ब्याइएको थियो। टेलिभिजन फुटेजमा उनको गाडी अदालत परिसरमा प्रवेश गरेको देखाइएको थियो। अदालत परिसरभित्र वकिलहरुको बाक्लो उपस्थिति रहेको थियो । अदालत परिसरमा पुगेको करिब एक घण्टापछि इमरान अदालतको कोठामा प्रवेश गरेका थिए ।

न्यायाधिस तारिक सलीम शेख र न्यायाधीश फारुक हैदरको दुई सदस्यीय इजलासले इमरान खानको निबेदनमा सुनुवाइ गरेका थिए । स्थानिय मिडिया रिपोर्टका अनुसार यसमा आतंकवादको आरोप अन्तर्गत दर्ता भएका नौ मुद्दाहरू समावेश छन्। यसअघि इमरान खानले चारवटा मुद्दामा सुरक्षात्मक जमानत पाएका थिए । बाँकी पाँच मुद्दामा जमानतको निवेदनको सुनुवाइ न्यायाधीश शेखको एकल सदस्यीय इजलासले गरेको थियो । दुई मुद्दा इस्लामावाद न्यायिक कम्प्लेक्समा तोडफोडसँग सम्बन्धित छन् भने अर्को जमान पार्कमा प्रहरी कारबाहीसँग सम्बन्धित छ। साथै, यी मध्ये एउटा घटना पीटीआई कार्यकर्ता जिला शाहको हालैको मृत्युसँग सम्बन्धित छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img