Friday, March 6, 2026
54.4 F
Washington DC.

चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा जादै, जेलेन्स्कीसँग भर्चुअल भेट गर्ने – “एकपक्षीय” दृष्टिकोण नराख्न अमेरिकाको चेतावनी

सम्बन्धित समाचार

चिनियाँ राष्ट्रपति सी चिनफिङले मार्च २० देखि २२ सम्म रुसको भ्रमण गर्ने भएका छन्। शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा मार्च २० देखि २२ सम्म राष्ट्रपति जिनपिङले रुसको भ्रमण गर्ने कार्यक्रम घोषणा गरेका हुन् तर भ्रमणको विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

चिनियाँ राष्ट्रपति सीले रुसी समकक्षी भ्लादिमिर पुटिनसंग भेटे पश्चात युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भर्चुअल भेट गर्ने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा राष्ट्रपति सीले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग वार्ता गर्ने भएका छन् । सीको यो कदमलाई रुस-युक्रेन युद्धको बीचमा मस्कोप्रति आफ्नो देशको समर्थन देखाउने बेइजिङको कदमको रूपमा हेरिएको छ।

ह्वाइट हाउसले सी को भ्रमणमा प्रतिक्रिया दिदै भनेको छ कि जेलेन्स्की र सी बीचको वार्ता “राम्रो कुरा” हुनेछ र बेइजिङले द्वन्द्वमा “एकपक्षीय” दृष्टिकोण अपनाउने विरुद्ध चेतावनी दिएको छ।

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले पत्रकारहरूलाई भने, “मलाई लाग्छ कि यदि उनीहरूले दुईवटा वार्ता गर्न सक्छन् भने यो धेरै राम्रो कुरा हुनेछ”।

“भेटलाई “हामी समर्थन गर्छु र समर्थन गरेका गर्छौं” किर्बीले भने। र उनले युद्धविरामका लागि युक्रेनलाई चिनियाँ दबाबको बिरूद्ध चेतावनी दिदै यसले रुसी आक्रमणलाई सहज बनाउने बताए।

चीनले रुस र युक्रेन युद्धमा युद्धविरामका लागि अपिल गरेको बेला जिनपिङको भ्रमण हुन लागेको हो । रुसले युक्रेनमा गरेको आक्रमणप्रति चीनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । चीनले सधैं शान्तिको पक्षमा रहेको र वार्तालाई अगाडि बढाउन आग्रह गरेको चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत महिना मात्र पुटिनले मस्कोमा चीनका शीर्ष कूटनीतिज्ञ वाङ यीलाई भेटेका थिए।

यस महिनाको सुरुमा नेसनल पिपुल्स कंग्रेस (एनपीसी) ले राष्ट्रपति सी जिनपिङलाई तेस्रो पाँच वर्षे कार्यकालका लागि अनुमोदन गरेपछि सी आफ्नो पहिलो विदेश भ्रमणमा छन्।

विगत १० वर्षदेखि पुटिनका निकट सहयोगी ६९ वर्षीय सीले युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्न रुस र युक्रेनबीच शान्ति वार्ता सुरु गर्ने प्रयास गर्न सक्ने अनुमान गरिएको छ । सीले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग पनि फोन वार्ता गर्ने अपेक्षा गरिएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img