spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

ट्रम्पद्वारा आफ्नो गिरफ्तारी हुने दाबी – भन्छन आफुलाइ मङ्गलबार गिरफ्तार गरिने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु छिट्टै जेलमा जान सक्ने भनेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक स्टाटस लेख्दै यो दाबी गरेका हुन् ।

ट्रम्पले म्यानहट्टन जिल्ला वकिलको कार्यालयले ल्याएको मुद्दामा मङ्गलबार आफु गिरफ्तार हुने भन्दै आफ्ना समर्थकहरूलाई उनको गिरफ्तारीको विरोध गर्न आह्वान गरेका छन् ।

“भ्रष्ट र उच्च राजनीतिक म्यानहट्टन जिल्ला अधिवक्ताको कार्यालयबाट अवैध चुहावट … संकेत गर्दछ कि कुनै अपराध प्रमाणित गर्न सक्षम छैन … टाढा र टाढाको अग्रणी रिपब्लिकन उम्मेद्वार र संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपतिलाई पक्राउ गरिनेछ। अर्को हप्ताको मंगलबार,” ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्।

“विरोध गर्नु होस् , हाम्रो राष्ट्र फिर्ता लिनुहोस्!” ट्रम्पले आफ्ना समर्थकहरु जसले २०२० को राष्ट्रपति चुनावको पराजयलाई उल्टाउन प्रयास गर्दै जनवरी ६ मा अमेरिकी संसद भवनमा आक्रमण गरेका थिए , उनीहरुलाई आह्वान गरेका छन्।

ट्रम्पको दाबी प्रति संचार माध्यमको जिज्ञासामा जिल्ला सरकारी वकिलको कार्यालयका प्रवक्ताले बोल्न नमानेको बताइएको छ । ट्रम्पका अनुसार म्यानहट्टन जिल्ला अधिवक्ताको कार्यालयले उनलाई ‘हश मनी’ मुद्दामा आरोपमा लगाएको छ। यद्यपी ट्रम्पले यस सम्बन्धमा कुनै प्रमाण देखाउन सकेका छैनन र के आरोप लाग्ने भन्ने पनि बताएका छैनन् ।

यो मुद्दा पोर्न स्टार स्टोर्मी डेनियल जसको वास्तविक नाम स्टेफनी ग्रेगरी क्लिफर्ड सँग सम्बन्धित छ, जसले ट्रम्पसँग एक दशकअघि अफेयर भएको बताएकी थिइन् । यद्यपि ट्रम्पले अफेयरको खण्डन गर्दै आएका छन् ।

गत वर्ष कागजातहरू छानबिन गर्दा ट्रम्प र उनका पूर्व शीर्ष सहयोगी होप हिक्सले पोर्न स्टार स्टोर्मी डेनियललाई २०१६ को राष्ट्रपतिको चुनावी अभियानमा उनको मुख बन्द राख्न ठूलो रकम ‘हश मनी’ (hush money) तिर्न प्रत्यक्ष रूपमा संलग्न भएको भन्ने खुलासा भएको थियो। यसपछि ट्रम्पका पूर्व वकिल माइकल कोहेनले गत वर्ष अगस्टमा आफ्नो अपराध स्वीकार गर्दै ट्रम्पको आदेशमा स्टर्मीलाई पैसा दिएको बताएका थिए । तर त्यसमा ट्रम्पको प्रत्यक्ष भूमिका थियो वा थिएन भन्ने स्पष्ट भएको छैन।

कागजातका अनुसार अक्टोबर २०१६ मा स्टर्मीलाई १ लाख ३० लाख डलर भुक्तानी गरिएको थियो । कोहेनले स्टर्मीलाई पैसा दिनुअघि ट्रम्पसँग फोनमा दुई पटक कुरा गरेका थिए। स्टर्मीले यसअघि सन् २००६ मा ट्रम्पसँग घनिष्ट सम्बन्ध रहेको दाबी गरेकी छन ।

ट्रम्प २०१७ देखि २०२१ सम्म अमेरिकाको राष्ट्रपति थिए र उनले २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा जितेर पुन व्हाइट हाउसमा फर्कने प्रयास गर्ने बताएका छन्।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img