Monday, May 19, 2025
61.1 F
Washington DC.

चिन्ता/तनाब तथा उच्च रक्तचापको समस्यामा उपयोगी एभोकाडोको प्रयोग यसरी गर्नुहोस

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आजभोलीको तनावपूर्ण जीवनशैली र खराब खानपानका कारण मानिसहरुमा उच्च रक्तचाप र चिन्ताको समस्या बढ्दै गएको छ । यस्तो सम्म देखिन्छ कि मानिसहरु हरेक कुरामा एक्कासी रिसाउन थालेका छन्। मानिसमा उच्च रक्तचापको समस्या सानै उमेर देखि नै देखिन थालेको छ । यस्तो अवस्थामा यी फलको सेवनले मस्तिष्कलाई शान्त राख्दै रक्तचापको समस्यालाई कम गर्न सहयोग गर्दछ । यसका साथसाथै चिन्ताजस्ता समस्या (एञ्जाइटि) पनि कम हुने पाइएको छ। त्यसोभए, खाली पेटमा एभोकाडो खानुका फाइदाहरू बारे केहि जानकारी लियौ ।

खाली पेटमा एभोकाडो खानुका फाइदाहरु
. चिन्ता/तनाब कम गर्न सहयोगी
खाली पेटमा एभोकाडो खाँदा मस्तिष्कको कार्यक्षमतामा सुधार हुन्छ । वास्तवमा, यसको एन्टिअक्सिडेन्टहरूले मानसिक गतिविधिहरू सुधार गर्दछ र न्यूरल गतिविधिहरू सुधार गर्दछ। यसले मानिसलाई राम्रो महसुस गराउँछ र मानसिक रूपमा शान्त बनाउन सहयोग गर्दछ ।

तस्बिर : गेटी

. पेटको मेटाबोलिक दर बढाउँछ
पेटको मेटाबोलिक दर बढाउन एभोकाडोको सेवन निकै फाइदाजनक मानिन्छ । यसले पेटको पित्तको रसलाई बढाउनुका साथै पाचन इन्जाइमहरू बृद्वी गर्न मद्वत गर्दछ । यसले पेटको मेटाबोलिक दर बढाउँछ र मोटोपना नियन्त्रण गर्न मद्दत गर्छ। साथै, यसलाई बिहान खाली पेटमा खाँदा पेटको पीएच सन्तुलन कायम रहन्छ र अमिलो पानी आउने (एसिडिटी) बन्द हुन्छ।

. उच्च रक्तचापको समस्यामा उपयोगी
उच्च रक्तचापको समस्यामा एभोकाडोको सेवन निकै फाइदाजनक मानिन्छ । एभोकाडोमा ओलिक एसिड प्रचुर मात्रामा पाईने भएकाले उच्च रक्तचाप र कोलेस्ट्रोलको स्तर कम गर्न सहयोगी हुन्छ। एभोकाडोमा पोटासियम र फोलेट प्रचुर मात्रामा पाइने भएकाले यी दुबै मुटुका लागि राम्रो मानिन्छन । त्यसैले यी सबै फाइदाका लागि बिहान खाली पेटमा एभोकाडो खादा उच्च रक्तचापको समस्या कम गर्न सकिन्छ ।

(यो लेख सामान्य जानकारीको लागि हो, कुनै पनि उपाय अपनाउनु अघि डाक्टरसँग परामर्श लिनुपर्छ)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img