spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

अफ्रिकी देश मलावीमा फ्रेडी आँधीबाट ३०० भन्दा बढीको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

दुई करोड जनसंख्या भएको अफ्रिकी देश मलावी फ्रेडी नामक आँधीबाट नराम्ररी प्रभावित भएको छ । फ्रेडी आँधीले यस देशमा तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ । आँधीको अधिकतम प्रभाव ब्लान्टायर शहर नजिकै रेकर्ड गरिएको छ। विश्व मौसम विज्ञान संगठनका अनुसार यो आँधी दक्षिणी गोलार्धमा अहिलेसम्म आएका सबै आँधीभन्दा शक्तिशाली हुन सक्ने बताएको छ । यो आँधीको असर मोजाम्बिकले पनि भोग्नु परेको छ । फ्रेडी आँधीबाट मोजाम्बिकका धेरै भवनहरू भत्किए। यससँगै कयौं ठाउँमा पहिरो समेत खसेको संचार माध्यमले जनाएका छन् ।

मलावीमा घातक हैजाको प्रकोप
मलावीको क्वेलमेन बन्दरगाह नजिकै बाढीको अवस्था सिर्जना भएको संचार माध्यमले जनाएका छन् । यहि समयमा, मलावीमा घातक हैजाको प्रकोपसमेत देखिएको छ। यस्तो अवस्थामा मलावीमा निरन्तरको भारी वर्षाले हैजाको अवस्था झनै बिग्रन सक्ने राष्ट्रसंघीय निकायले जारी गरेको चेतावनीमा उल्लेख छ ।

मलावीका राष्ट्रपति लाजरस चकवेराले फ्रेडीबाट मृत्यु हुनेको संख्या ३२६ पुगेको घोषणा गरेका छन् । बिहीबार ढिलो राष्ट्रका नाममा सम्बोधन गर्दै उनले घाइते र बेपत्ताको संख्या क्रमशः २०१ र ७९६ पुगेको सिन्ह्वा समाचार संस्थाले जनाएको छ। विस्थापितको संख्या दोब्बरले बढेर १,८३,१५९ पुगेको उनले बताएका छन् । विस्थापित परिवारको संख्या अहिले ४०,७०२ पुगेको छ ।

आँधीमा मृत्यु हुनेको संख्यामा बृद्वी
राष्ट्रपति लाजरस चकवेराका अनुसार मुलुकले फ्रेडीको प्रकोप क्षेत्रमा स्थिति नियन्त्रणमा लिन ३ सय १७ शिविर स्थापना गरेको छ । मलावी नेताले स्थानीय र अन्तर्राष्ट्रिय संगठनहरूबाट थप मानवीय सहयोगको आवश्यकता दोहोर्याएका छन् । यसैबीच, स्थानीय व्यवसायहरूले फ्रेडीबाट प्रभावित बासिन्दाहरूलाई मद्दत गर्न १. ५ मिलियन अमेरिकी डलर उठाउने वाचा गरेका छन्।

विश्व मौसम विज्ञान संगठनका अनुसार फ्रेडी सबैभन्दा ठूलो आधी हो र यसको प्रभाव लामो समयसम्म रहन सक्छ। मोजाम्बिक र मलावीमा आधीबाट भएको क्षतिको आँकलन गर्न गाह्रो भएको छ । प्रभावित क्षेत्रका केही भागमा बिजुली आपूर्ति र फोन सिग्नलहरू काटिएपछि मृत्यु हुनेको सङ्ख्या बढेको संचार माध्यामले जनाएका छन् ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img