spot_img
Monday, May 20, 2024
60.2 F
Washington DC.
spot_img

पुटिनद्वारा क्रिमियाको अप्रत्याशित भ्रमण पछि कब्जा गरिएको युक्रेनी शहर मारिउपोलको भ्रमण- – रिपोर्ट

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसले रणनीतिक बन्दरगाह सहर कब्जा गरेको दाबी गरेको झण्डै एक वर्षपछि राष्ट्रपति भ्लादिमिर पुटिनले मारियुपोल सहरको भ्रमण गरेका छन् , रुसी समाचार एजेन्सीले आइतबार रिपोर्ट गरेको छ।

गत वर्ष फेब्रुअरीमा युक्रेन द्वन्द्व सुरु भएयता डोनबास क्षेत्रमा रुसी नेताको यो पहिलो भ्रमण हो । पुटिन कारमा सहर घुम्नुअघि हेलिकप्टरबाट मारिउपोल गएको तास समाचार एजेन्सीले क्रेमलिनलाई उद्धृत गर्दै जनाएको छ।

पुटिनको मारियुपोल भ्रमणको घोषणा शनिबार भएको हो। उनको भ्रमण प्रायद्वीपलाई रसियाले कब्जा गरेको नवौं वार्षिकोत्सव मनाउनको लागि क्रिमियाको भ्रमण पछि अचानक आएको हो ।

तास समाचार एजेन्सीका अनुसार मारिउपोलमा उनले विभिन्न स्थानहरूको भ्रमण गरेका थिए , स्थानीय बासिन्दाहरूसँग कुरा गरेको र शहरको पुनर्निर्माण कार्यको बारेमा रिपोर्ट प्राप्त गरेका थिए । रुसले गत वर्ष आफ्नो आक्रमणको शुरुवातमा मारिउपोलको बिरूद्ध ‘जलेको भूमि’ अभियान सुरु गरेको थियो र युक्रेनी सेनाहरूको अन्तिम गढ मानिने पूर्वी उक्रेनको आजोभास्टल स्टिल वर्क्सलाई नष्ट गरेको थियो।

गत वर्षको फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएपछि पुटिनको क्रिमियाको अप्रत्याशित भ्रमण उनको पहिलो प्रायद्वीप भ्रमण थियो। गत डिसेम्बरमा उनी रसियासँग जोड्ने पुलपारी मात्र गएका थिए ।

रुसको सरकारी टेलिभिजनले उनलाई आफ्ना सहयोगी स्थानीय गभर्नर मिखाइल रज्भोजायेभसँग ब्ल्याक सी बन्दरगाह सहर सेभास्टोपोलको भ्रमण गरेको देखाएको छ।

रज्भोजायेभले टेलिग्राममा लेखेका छन् , “पुटिनले भिडियो लिङ्क मार्फत बालबालिकाका लागि कला विद्यालयको उद्घाटनमा उपस्थित हुने अपेक्षा गरिएको छ।”

रुसले सन् २०१४ मा युक्रेनको क्रिमियालाई गाभेको जनमतसंग्रहलाई किभ वा अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएनन् । जनवरीमा डाभोस फोरममा बोल्दै राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भनेका थिए क्रिमिया हाम्रो जमिन हो, युक्रेनले क्रिमियालाई फिर्ता लिनेछ। त्यसपछि मस्कोले उसलाई सम्भावित शान्ति वार्तामा समावेश गर्न अस्वीकार गरेको छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img