spot_img
Friday, November 22, 2024
34.8 F
Washington DC.
spot_img

अमेरिकामा टिकटक प्रतिबन्ध गर्न बढदो दबाब , सिलिकन भ्याली पनि तयारीमा

अमेरिकामा बसेर टिकटकका फ़लोवर्स बढाउन अनेकौ हरकत गर्दै आएकाहरुका लागी यो नराम्रो समाचार हुन सक्दछ। यदि चीनमा रहेका टिकटकका मालिकहरूले स्टकहरू बेचेनन् भने प्रतिबन्ध लगाउने अमेरिकी सरकारले चेतावनी दिएको छ ।

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकामा बसेर टिकटकका फ़लोवर्स बढाउन अनेकौ हरकत गर्दै आएकाहरुका लागी यो नराम्रो समाचार हुन सक्दछ। यदि चीनमा रहेका टिकटकका मालिकहरूले स्टकहरू बेचेनन् भने प्रतिबन्ध लगाउने अमेरिकी सरकारले चेतावनी दिएको छ । जबरजस्ती बिक्रीले राष्ट्रिय-सुरक्षा मुद्दाहरू समाधान नगर्ने प्रतिक्रिया टिकटकले दिएको छ। यसै प्रसंगमा टिकटकका सीईओलाई अमेरिकी कांग्रेसमा उपस्थित हुन बोलाएको छ।

अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने दबाब ब्यापक भएको छ। यस अभियानमा सिलिकन भ्यालीका अधिकारीहरूले पनि विशेष भूमिका खेलिरहेका छन्। टिकटकका सीईओ शाउ जी चेउलाई अर्को बिहीबार अमेरिकी संसदमा बोलाइएको छ। उनीसँग प्रश्न-उत्तर सत्र हुनेछ। टिकटकले आफ्नो डाटा पिपुल्स लिबरेसन आर्मी अफ चाइनालाई उपलब्ध गराएको आरोप छ ।

अर्कोतर्फ, सिलिकन भ्यालीका अधिकारीहरू अमेरिकाको प्राविधिक उद्योगमा चीनको सहभागितामा प्रतिबन्ध लगाउन चाहन्छन्। यसका लागि उनीहरुले विशेष डिनर आयोजना गर्ने निर्णय गरेका छन्, जसमा चीन र अमेरिकाको राष्ट्रिय सुरक्षाका विषयमा छलफल हुनेछ । क्यापिटल हिल (संसद भवन) मा चेउको उपस्थिति हुनु एक दिन अघि रात्रिभोज आयोजना गरिने समाचार स्रोतले जनाएको छ ।

अमेरिकामा टिकटकको विरुद्धमा वातावरण सिर्जना भइरहेको द वाल स्ट्रिट जर्नलको एक रिपोर्टमा बताएको छ । अमेरिकी सरकारले आफ्नो कार्यालयमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । अहिले निजी क्षेत्रमा पनि यसको प्रयोगमा प्रतिबन्ध लगाउने अभियान चलिरहेको छ । गत हप्ता जो बाइडेन प्रशासनले टिकटकका चिनियाँ मालिकहरूलाई एपमा आफ्नो हिस्सेदारी बेच्न आग्रह गरेको समाचार बाहिरिएको थियो । प्रशासनले चेतावनी दिएको छ कि यदि चीनमा रहेका यसका मालिकहरूले त्यसो गरेन भने, एप अमेरिकामा प्रतिबन्धित हुनेछ।

वाल स्ट्रिट जर्नलका अनुसार टिकटक विरुद्धको अभियानमा सिलिकन भ्यालीका अधिकांश अधिकारीहरू संलग्न छन्, जसको अडान विगतमा चीनविरुद्ध कडा थियो। अब गुगलका पूर्व नीति सल्लाहकार ज्याकब हेलबर्ग पनि उनीहरुमा सामेल भएका छन् । हेल्बर्ग अमेरिका-चीन आर्थिक र सुरक्षा समीक्षा आयोगका सदस्य पनि हुन्। यो आयोगले अमेरिकी कांग्रेसको लागि अनुसन्धान गर्छ र सल्लाह दिन्छ।

सिलिकन भ्यालीको अभियानका बारेमा प्रतिक्रियाको लागि टिकटकका प्रवक्तालाई सम्पर्क गर्दा उनले टिकटकका विरुद्ध सिलिकन भ्याली समूहको बारेमा प्रतिक्रिया दिन अस्वीकार गरेको वाल स्ट्रीट जर्नलले जनाएको छ । टिकटकका प्रवक्ताले वाल स्ट्रीट जर्नललाई बताए अनुसार आफ्नो कम्पनीलाई चिनियाँ सरकारले अमेरिकी प्रयोगकर्ताको डाटा सेयर गर्न कहिल्यै आग्रह नगरेको तथा आफुहरुले कहिल्यै त्यसो नगरेको बताए ।

विश्लेषकहरूका अनुसार टिकटकका चीनमा रहेका मालिकहरूलाइ आफ्नो शेयर बेच्न गरेको माग अमेरिकी पक्षमा हालसम्मकै सबैभन्दा कडा माग हो। टिकटकका आलोचकहरूले यस एपका गतिविधिहरू शंकास्पद रहेको तर्क गरेका छन्, जसका कारण युरोपेली आयोगलगायत करिब ३० देशले यसलाई प्रतिबन्ध लगाएका छन्। अमेरिकी अधिकारीहरूले भनेका छन् कि चिनियाँ सरकारले टिकटकलाई डाटा दिन बाध्य पार्न सक्छ र यो गहिरो चिन्ताको विषय हो।

यसैबीच टिकटक अमेरिकामा पनि आफ्नो पक्षमा समर्थन जुटाउन लागिरहेको छ । उनले यस एपका निर्माताहरूलाई वाशिंगटन बोलाएको छ , ताकि उनीहरूले अमेरिकी सांसदहरूको शंका हटाउन सकून्। यस बाहेक यो एपले केही अन्य कदम पनि चालेको छ। यसै महिना टिकटकले १८ वर्ष मुनिका केटाकेटीहरूले दिनको ६० मिनेट भन्दा बढी प्रयोग गर्न नपाउने प्रावधान लागु गरेको छ । पर्यवेक्षकका अनुसार टिकटक कम्पनीले प्रतिबन्धबाट आफूलाई बचाउन यस्तो कदम चालेको हो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img