spot_img
Monday, May 20, 2024
64.9 F
Washington DC.
spot_img

कंगोमा नरसंहार- कम्तिमा २२ जनाको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी र उत्तर किभु प्रान्तमा इस्लामिक स्टेट- शङ्कास्पद चरमपन्थीहरूले गरेको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले अधिकारीहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो।

रोयटर्सको पछिल्लो रिपोर्ट अनुसार इस्लामिक स्टेटले कंगोको पूर्वी गाउँमा भएको आक्रमणको जिम्मेवारी लिएको छ जसमा १० व्यक्तिको मृत्यु भएको छ र धेरै अन्य घाइते भएका छन्, समूहले टेलिग्राममा आइतबार बताएको हो ।

“लुबेरो प्रान्तमा यो हाम्रो पहिलो आक्रमण हो र यो आईएसको अपरेशनको लागि विस्तार हो,” समूहको टेलिग्राममा लेखेको छ।

आक्रमणबाट बास्तविक मृत्यु भएका र घाइते भएकाहरूको संख्या अझै एकिन हुन सकेके छैन।

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (DRC) को पूर्वमा रहेको उत्तरी किभु प्रान्तमा भएको सशस्त्र समूह आक्रमणका कारण एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन् र दर्जनौं मारिएका छन्, संयुक्त राष्ट्रसंघले बुधबार एक रिपोर्टमा जनाएको छ।

यो ब्रेकिंग न्यूज हो, थप अपडेटप्राप्त हुन बांकी छ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img