spot_img
Friday, November 22, 2024
39 F
Washington DC.
spot_img

‘प्रचण्ड’ लाई प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा २६२ जनाको उपस्थिति थियो। प्रचण्डको विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो। एक मत तटस्थ रहेको छ । प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको पक्ष र विपक्षमा भएको मत विभाजनको परिणाम सभामुख देवराज घिमिरेले सार्वजनिक गरेका हुन्।

नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन् ।

दाहाललाई विश्वासको मत दिनेमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंह छन्। प्रस्तावको विपक्षमा मत दिनेमा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी थिए । तटस्थ रहनेमा नेपाल मजदुर किसान पार्टी थियो।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डको दल माओवादी केन्द्र ३२ सिटसहित संसद्‍मा तेस्रो ठूलो दलको हैसियतमा छ ।

गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन पश्चात् पुस १० गते प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यस समयमा उनले पहिलो पटक विश्वासको मत लिएका थिए । पहिलो पटक उनलाई प्रतिनिधि सभाको कुल सदस्य २७५ मध्ये २६८ जनाले विश्वासको मत दिएका थिए ।

अघिल्लो गठबन्धन भित्र राष्ट्रपति र उपराष्ट्रपतिको बारेमा बिबाद भए पछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए । दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकार छोडेपछि प्रचण्डले नया गठबन्धन सहित प्रधानमन्त्रीका लागि पुनः विश्वासको मत लिनु परेको हो ।

विश्वासको मत प्राप्त गरेपछि प्रचण्डले धन्यबाद दिदै सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतीज्ञा गरेका छन्। उनले आफ्नो फेसबुक मा लेखेका छन् : “सरकारलाई विश्वासको मत प्रदान गर्नुहुने प्रतिनिधिसभाका माननीय सदस्यज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु। तपाईहरूले दिनुभएको विश्वासलाई उर्जामा परिणत गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतीज्ञा गर्दछु।”

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img