spot_img
Monday, May 20, 2024
73.3 F
Washington DC.
spot_img

राजेश हमालको स्वर रहेको ‘मन बुढो भएन’ को भिडिओ गीत सार्वजनिक

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपाली चलचित्रका महानायक राजेश हमालले पहिलो पटक आफ्नो स्वरमा गीत रेकर्ड गरेका छन। गीतको बोल रहेको छ – ‘मन बुढो भएन’। गीतमा हमालका साथमा गायक सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर रहेको छ।

हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’को भिडिओ समेत निर्माण गरिएको छ। बुधवार काठमाण्डौमा एक कार्यक्रमका बीच ‘मन बुढो भएन’को भिडिओ गीत सार्वजनिक गरिएको हो।

‘मन बुढो भएन’ गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । देवेन्द्र पाण्डेले निर्देशन गरेको गीतको भिडिओमा हमालसँग रेश्मा घिमिरेलेको अभिनय रहेको जानकारी गराइएको थियो। उत्सव दाहालको छायाङ्कनमा निर्माण गरिएको उक्त भिडिओलाई विकास दाहालले सम्पादन गरेका हुन। 

तस्बिर : भिडियो स्क्रिनसर्ट

संगीतकार दीपक शर्माले दिएको हौसलाले आफूले यो गीत गाउन सफल रहेको हमालले जानकारी गराए । संगीतकार दीपक शर्माका अनुसार हमालले शुरमा गीत गाएको र सबै काम एक घन्टामा नै सकिएको बताए।

आफ्नो नेपाली चलचित्र करिअरको तीन दशकपछि आफुले गीत गाएको हमालले जानकारी गराए। बिद्यालयमा कक्षा ५, ६ मा पढ्दा आफु राम्रै गीत गाउने भएकाले संगीतको कक्षामा शिक्षकहरुले गीत गाउनका लागि भन्दा गाउने गरेको हमालले कार्यक्रममा जानकारी गराए। तर त्यसपछि आफुले बिना कारण गीत गाउन नसकेको बताए।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img