Monday, May 19, 2025
65.9 F
Washington DC.

आईएमएफले युक्रेनलाई १५.६ बिलियन डलर ऋण दिने सहमती

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युक्रेन र रुसबीचको युद्ध भएको एक वर्षभन्दा बढी भइसकेको छ । दुवै देशले एकअर्कालाई ठूलो नोक्सान पुर्याएका छन् । युद्धका कारण युक्रेनको अर्थतन्त्र पूर्ण रूपमा ध्वस्त भएको छ । युक्रेनलाई विश्वका प्रमूख पश्चिमा देशहरुले ठुलो आर्थिक सहयोग गरिरहेका छन् । यसैबीच, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले युक्रेनलाई आर्थिक आवश्यकता पूरा गर्न १५.६ बिलियन डलर ऋण दिने सहमति गरेको छ ।

युक्रेनको अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बीच ऋण सहायता कार्यक्रममा बुधबार सहमति भएको हो। यसबाट युक्रेनलाई म्याक्रो-वित्तीय स्थिरता सुनिश्चित गर्दै युद्धपछिको पुनर्निर्माण आवश्यकताहरू पूरा गर्न मद्दत गर्ने जनाइएको छ । आईएमएफले एक विज्ञप्तिमा भनेको छ कि यसको ऋण सहायता कार्यक्रम चार वर्षसम्म चल्नेछ। यसको सुरुको १८ महिनामा युक्रेनको ठूलो बजेट घाटालाई पूरा गर्नमा केन्द्रित रहने छ। यसका साथै नयाँ नोट छापेर पेन्सन, तलब र आधारभूत सेवासम्बन्धी आवश्यकता पूरा गर्न पनि ध्यान दिइनेछ ।

कार्यक्रमको बाँकी अवधिमा युक्रेनको युरोपेली संघको सदस्यता र युद्धपछिको पुनर्निर्माणमा केन्द्रित हुनेछ। सहुलियतपूर्ण वित्तिय सहायता कार्यक्रमलाई आईएमएफको बोर्ड अफ डाइरेक्टरबाट स्वीकृत हुन बाँकी छ।

फेब्रुअरी २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेपछि यसको सैन्य खर्च बढेको छ, जबकि यसको अर्थतन्त्र गत वर्ष लगभग ३० प्रतिशतले घटेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img