spot_img
Monday, November 25, 2024
51 F
Washington DC.
spot_img

पचपन्न वर्ष देखि नागरिकता विहीन परिवार

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सुर्खेत । बाल्यकालमै परिवारका सदस्यसँग मजदुरीका लागि कालापहाड जानु नेपालीको बाध्यता हो । त्यही बाध्यताको कसीमा कसिएका धेरै मध्येका एक चन्द्र बहादुर शेर्पा हुन् । बालक अवस्थामा आमासँग भारत गएका उनी अहिले ५५ वर्षका भए । आजसम्म पनि नत उनको  जन्मदर्ता छ, नत नागरिकता नै । नेपाली नागरिक भएर जन्म लिए पनि अहिलेसम्म उनी अनागरिक जस्तै बनेका छन् । सानैमा बुबा गुमाएका चन्द्रबहादुर आमासँग कालापहाड गएका थिए ।

कालापहाड पुग्दा आमाले अर्कैसँग बिहे गरेपछि उनी बिचल्लीमा परे । उनको कालापहाडमै काम गर्न पुगेका पश्चिम दैलेखका सरुने सुजी लगायतसँग भेट हुन पुग्यो । उनीहरूले सँगै काम लगाए । चन्द्र बहादुर हर्कदै गए । अन्तः पश्चिम दैलेखका गगने र उनका साथीहरू घर फर्किनुपर्ने भयो । कालापहाडमा चन्द्रबहादुर एक्लै थिए । बिरानो त्यो भूमिमा उनको बुवा आमा कोही थिएनन् । आफन्तहरू हुने कुरै थिएन ।

सरुने सुजीको टोली फर्किने भएपछि लामो समयसँगै काम गरेका र आमा  बुबा जे भनेपनि उनै सरुने सुजी र उहाँको टोली थियो । सरुने सुजी र उनको सबै टोली नै घर फर्किने कुराले चन्द्रबहादुरलाई एक्लो हुने चिन्ताले पिरोलिरहेको थियो । चन्द्रबहादुरलाई सरुने सुजीले आफैसँग घर लैजाने निधो गरे । सरुनेसँगै नेपाल फर्केका चन्द्रबहादुरले अहिलेसम्म नागरिकता बनाउन सकेका छैनन् । उमेरले ५५ वर्ष पुगे पनि अहिलेसम्म उनी अनागरिक भएर बसेका छन् । 

परिवारै अनागरिक सरह बाँच्नुपरेको गगनी विक बताउँछिन् । श्रीमानको नागरिकता र बालबच्चाको जन्मदर्ता बनाउन वर्षौ देखि धेरै प्रयास गर्यौ । न श्रीमानको नागरिकता बन्यो न त बालबच्चाको जन्मदर्ता नै’, गहभरी आँसु पार्दै उहाँले भनिन्, ‘जन्मदर्ता नहुँदा बालबच्चाको नाम स्कुलमा लेखिँदैन । बालबच्चाले पढ्न नपाएको पीडा सम्झिँदा मन भक्कानिन्छ ।’

ठाटीकाँध गाउँपालिका– ३ भुवाखाडामा बसोबास गर्ने उनीसँग जन्मदर्ता नै छैन । श्रीमती गगनी विकको भने माइतबाट बनाएको नागरिकता छ । तर, चन्द्रबहादुरको नागरिकता नहुँदा विवाह दर्ता समेत हुन सकेको छैन । जसका कारण उनीहरूका छ  सन्तानकाे न जन्मदर्ता बनेको छ न त नागरिकता नै बनेका छन्। 

परिवारै अनागरिक सरह बाँच्नुपरेको गगनी विक बताउँछिन् । श्रीमानको नागरिकता र बालबच्चाको जन्मदर्ता बनाउन वर्षौ देखि धेरै प्रयास गर्यौ । न श्रीमानको नागरिकता बन्यो न त बालबच्चाको जन्मदर्ता नै’, गहभरी आँसु पार्दै उहाँले भनिन्, ‘जन्मदर्ता नहुँदा बालबच्चाको नाम स्कुलमा लेखिँदैन । बालबच्चाले पढ्न नपाएको पीडा सम्झिँदा मन भक्कानिन्छ।’

उनीहरूको परिवारले जन्मदर्ता तथा नागरिकता पाउन ३५ वर्षदेखि संघर्ष गरिरहेका छन् । तर पनि नागरिकता पाउन सकेका छैनन् ।  वर्षौँदेखि वडादेखि पालिकासम्म पटकपटक धाउँदा पनि आफ्नो पीडा कसैले नसुनेको उनको परिवारको गुनासो छ । नागरिकता र जन्मदर्ता बनाउन विभिन्न बहानामा वडा कार्यालय नै बाधक बनेको गगनीले बताइन् ।

बालबालिका शिक्षाबाट बञ्चित

शेर्पा दम्पती र उनका सन्तान नागरिकता र जन्म दर्ता मात्र नभएर उनीहरूका सन्तान शिक्षाबाट समेट बञ्चित हुँदै आएका छन् । दुई छोरी पवित्रा र दीपाको विवाह भइसकेको छ । तर, उनीहरूले पनि विवाह दर्ता बनाउन सकेका छैनन् । अर्की छोरी दुधा १३ वर्षको पुगिन् । १६ वर्षीय छोरा जीवन, १२ वर्षीय राजन र १० वर्षीय सुनीलले पनि न जन्मदर्ता बनाउन पाएका छन् नत पढ्नै पाएका छन् । उनीहरूको जन्मदर्ता नहुँदा शिक्षाबाटसमेत बञ्चित हुँदै आएका छन् ।

आफ्नो नागरिकता नहुँदा छोराछोरीको जन्मदर्ता र विवाह दर्तासमेत बनाउन नसकेको भन्दै गहभरी आँसु झार्दै गगनीले भक्कानिदै आफ्ना बेदना पोखिन् । गहभरीका आशुलाई एक छेउ लगाउदै गगनीले आफ्ना सन्तानको पठनपाठनमा पनि उस्तै समस्या भएको बताइन् । यतिका वर्ष अनागरिक भयौँ सरकार अब नागरिकता माग्न कहाँ जाऊँ ? गगनीको प्रश्न थियो ।

नागरिकता दिलाइदिनका लागि स्थानीय सरकार र आफुले निर्वाचित गराएर पठाएका नेताहरूसमक्ष नपुगेका होइनन् । सबै सामु जति हारगुहार गर्दा पनि कसैले चासो नदिएको उनको दुखेसो छ । छिमेकीका सन्तान उच्च शिक्षा पढ्न जाँदै गर्दा आफ्ना सन्तानले पढ्न नपाउँदाको पीडाले रातदिन सताउने गरेको गगनीले बताइन् । ‘नागरिकता नहुँदा रोजगारी समेत कसैले दिँदैन । परिवारको छाक टार्नै हम्मेहम्मे परिरहेको छ’, उनले भनिन्।
यो दम्पतीका सन्तान सरकारी विद्यालयमा पढ्न न्यूनतम सेवासुविधाबाट समेत बञ्चित हुँदै आएका छन् । घरनजिकै जन आधारभुत विद्यालयमा औपचारिक भर्ना नभए पनि सबैले कक्षा ५ सम्म पढेको कान्छी छोरी दुधाले बताइन् । ‘आफूभन्दा सानाहरू माथिल्लो कक्षामा जाँदा आफू उहीँ कक्षामा बसेर पढ्नुपर्दा जेठी र माइली दिदीले पढाइ छोड्नुभयो’, उनले भनिन्।

शेर्पाको जन्मघर कहाँ हो भनेर नखुलेको ठाटीकाँध– ३ वडाध्यक्ष भरतबहादुर बम बताउँछन् । उनका अनुसार बुबाआमा वा घरपरिवारका कुनै पनि सदस्यको पहिचान नहुँदा समस्या भइरहेको छ । यो परिवारलाई जन्मदर्ता, नागरिकता दिलाउन आफूले जिल्ला प्रशासन कार्यालय धाइरहेको वडा अध्यक्ष बमले बताए । जिल्ला प्रशासन कार्यालयमा जाँदा कर्मचारीले बाटोमा हिँड्ने जो कोहीलाई नागरिकता दिन नसकिने जवाफ दिने गरेकोसमेत उनले बताए। 

यी बालबालिकाको भविष्य सुनिश्चित गर्न सरकारले चन्द्रबहादुरलाई नागरिकता दिएर सन्तानको पनि जन्मदर्ता बनाउनुपर्ने जन आधारभुत विद्यालयका सहायक प्रधानाध्यापक खगेन्द्रबहादुर शाही बताउनुहुन्छ।

श्रोत: जितेन्द्र थापा/आइएनएस-स्वतन्त्र समाचार

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

जिममा भन्दा घरको काममा श्रीमतीलाई सहयोग गर्दा पुरूषले पाउछ धेरै स्वास्थ लाभ

दिनको कामको थकानले भरिएका उनीहरू, आयुष र प्रीति, साँझ घर फर्किए। दुवै एकअर्काको साथमा समय बिताउन चाहन्थे, तर उनीहरूको...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img