Friday, April 11, 2025
47.5 F
Washington DC.

अफगानिस्तानमा तालिवानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट , छ जनाको मृत्यु, धेरै घाइते

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अफगानिस्तानमा तालिवानको विदेश मन्त्रालय नजिकै आत्मघाती बम विस्फोट भएको छ । यस विस्फोटमा छ जना सर्वसाधारणको मृत्यु भएको स्थानिय संचार माध्यमले जनाएका छन । सोमबार दिउँसो भएको उक्त विष्फोटमा छ जनाको मृत्यु हुनुका साथै तीन तालिबानी फौजसहित अन्य कैयौं घाइते भएको तालिवान प्रहरीले जनाएको छ । रिपोर्टका अनुसार आत्मघाती हमलाकारीलाई तालिवान सेनाले मारेको थियो, त्यसपछि विस्फोट भएको थियो। तालिवान प्रहरीका प्रवक्ता खालिद जाद्रानले आक्रमणको पुष्टि गरेका छन् ।

काबुल नाउको रिपोर्ट अनुसार, एक इटालियन एनजीओले विस्फोट लगत्तै ट्वीट गर्दै विस्फोटमा दुई जनाको मृत्यु भएको र १२ जना घाइते भएको बताएको थियो। एनजीओले ट्विटमा भनेको छ, ‘हाम्रो सर्जिकल सेन्टरमा एक बच्चासहित १२ घाइते बिरामी भेटिएका छन्। अन्य २ जनाको यसअघि नै मृत्यु भइसकेको छ । काबुल र अन्य प्रान्तहरू पछिल्ला महिनाहरूमा आतंककारी हमलाहरू भएका छन्। इस्लामिक स्टेट खोरासान प्रान्तले केही आक्रमणको जिम्मेवारी लिएको छ।

अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिएपछि देशको अवस्था तनावपूर्ण छ । तालिबानको नेतृत्वमा कसलाई जिम्मेवारी दिने भन्ने विवाद छ । उनीहरुले सुरुमा आफ्नो पुरानो सोच त्याग्ने भनेका थिए । तर तालिवानको भनाइ र व्यवहारमा फरक देखिएको छ । अफगानिस्तानले यतिबेला मानवीय संकटको सामना गरिरहेको छ। लाखौं मानिस खाद्यान्न र औषधिको अभावमा परेका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img