Saturday, April 12, 2025
46.1 F
Washington DC.

न्यासभिलकोको स्कूलमा बन्दुकधारीको गोली चलाउदा ३ बालबालिका, २ वयस्कको मृत्यु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

न्यासभिलको कभेन्ट स्कूलमा बन्दुकधारीले चलाएको गोलीबारीबाट ३ बालबालिका, २ वयस्कको मृत्यु भएको भान्डरबिल्ट युनिभर्सिटी मेडिकल सेन्टरले जनाएको छ ।

“तीन बालबालिकाहरूलाई भ्यान्डरबिल्टको मोनरो केरेल जुनियर बाल अस्पतालमा लगिएको थियो, सबैलाई बन्दुकको गोली लागेको थियो। तीनै जनालाई आइपुगेपछि मृत घोषणा गरिएको थियो,” अधिकारीहरूले भनेका छन् ।

प्रहरीका अनुसार अधिकारीहरू गोली चलाउने संदिग्धसँग भिडेका थिए र संदिग्धलाई मारिएको थियो । अस्पतालमा मृत घोषणा गरिएका दुई वयस्क र तीन बालबालिकामध्ये संदिग्ध व्यक्ति हुन् वा होइनन भन्ने यकिन नभएको प्रहरीले बताएको छ।

उनीहरुको चोटको अवस्थाबारे अहिले केही बताइएको छैन ।

प्रिस्कूलदेखि छैठौं कक्षासम्मका विद्यार्थीहरू पढाउने क्रिस्चियन स्कूल कभेन्ट स्कूलमा सोमबार बिहान गोली चलेको थियो।

न्यासभिलका धेरै नेताहरूले गोलीबारीको प्रतिक्रियामा आफ्नो बिज्ञप्ति जारी गरेका छन्।

टेनेसीका गभर्नर बिल लीले ट्वीट गर्दै भनेका छन् : उनी “दु:खद अवस्थालाई नजिकबाट नियालिरहेका छन्।”
“कृपया विद्यालय, मण्डली र न्यासभिल समुदायको लागि प्रार्थना गर्न हामीसँग सामेल हुनुहोस्,” लीले भने।


(यो एक ब्रेकिङ्ग समाचार हो , हामी जानकारी आउने बित्तिकै अपडेट गर्नेछौं।)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img