spot_img
Friday, September 20, 2024
63.6 F
Washington DC.
spot_img

पाकिस्तानमा तालिवान लडाकू हमला, ४ प्रहरीको मृत्यु, ६ घाइते

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

उत्तरपश्चिमी पाकिस्तानमा बिहीबार सुरक्षा बल बोकेको एउटा गाडीमा तालिवान लडाकूहरूले गोली चलाउँदा एक अधिकारीसहित कम्तीमा चार प्रहरीको मृत्यु हुनुका साथै अन्य छ जना घाइते भएका छन्। खैबर पख्तुनख्वा प्रान्तको लक्की मारवत जिल्लामा आतंकवादीहरूले प्रहरीको मोबाइल भ्यानमा आक्रमण गरेका थिए । प्रहरी चौकीतर्फ जादै गरेको गाडिमा आक्रमण भएको प्रहरीले जनाएको छ ।

पाकिस्तानी सुरक्षा बलका अनुसार आक्रमणमा एक प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित चार प्रहरीको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।उनले खैबर-पख्तुनख्वाका प्रहरी प्रमुख अख्तर हयात खानले घटनाको अनुसन्धानको आदेश दिएका छन्। लकी मारवतका प्रहरी प्रवक्ताले संचार माध्यमलाई बराए अनुसार आक्रमण बिहीबार बिहान भएको र सो क्रममा प्रहरी र आतंककारीहरू बीच गोली हानाहान भएको थियो।

पाकिस्थानको संचार माध्यम डनले प्रहरीको विज्ञप्तिलाई उद्वत गर्दै आतंकवादीहरू उन्नत र भारी हतियारले सुसज्जित रहेको बताएको छ। प्रहरी सतर्क भै जवाफी फ़ायरिङ्ग गरेकाले आक्रमणकारीहरू भाग्न बाध्य भएका थिए । डनका अनुसार आतंककारीहरू अँध्यारोको फाइदा उठाउँदै भागेका थिए।

संचार माध्यमका अनुसार प्रतिबन्धित तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले एक विज्ञप्ति जारी गर्दै उक्त हमलाको दाबी गरेको छ ।

घटनाको निन्दा गर्दै प्रधानमन्त्री शेहबाज सरिफले आतंकवाद विरुद्धको युद्धमा प्रहरी अधिकारीहरुको बलिदान अविस्मरणीय छ र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु भनेका छन ।

एक विज्ञप्तिमा शहबाजले भने, “पुलिसले सुरक्षाको पहिलो रेखाको रूपमा आतंकवादीहरू विरुद्ध उत्कृष्ट कर्तव्यहरू प्रदर्शन गरिरहेका छन्। पाकिस्तानको अस्तित्व र विकासका लागि आतंकवादको उन्मूलन आवश्यक छ।”

संचार माध्यमका अनुसार पछिल्लो हमला यस्तो समयमा भएको हो जब पाकिस्तानमा आतंकवादसँग सम्बन्धित घटनाहरू बढ्दै गएका छन् । विगत केही महिनाहरूमा, विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा कानून र व्यवस्थाको अवस्था बिग्रिएको छ, आतंकवादी समूहहरूले देशभरि दण्डहीनताका साथ हमलाहरू गरिरहेका छन्।

नोभेम्बरमा तालिबान समूहसँगको वार्ता टुटेपछि, प्रतिबन्धित तहरीक-ए-तालिबान पाकिस्तान (टीटीपी) ले विशेष गरी प्रहरीलाई लक्षित गरी आफ्ना आक्रमणहरू बढाएको बताइन्छ ।

जनवरीमा पेशावर पुलिस लाइन्सको एक मस्जिदमा भएको शक्तिशाली आत्मघाती विस्फोटमा ८४ जनाको मृत्यु भएको थियो भने अन्य धेरै घाइते भएका थिए। पाकिस्तान इन्स्टिच्युट फर कन्फ्लिक्ट एन्ड सेक्युरिटी स्टडीज, इस्लामावादमा रहेको थिंक-ट्याङ्कले जारी गरेको तथ्याङ्क अनुसार जनवरी २०२३ मा जुलाई २०१८ को भन्दा धेरै आक्रमणका घटनाहरु भएका थिए जसमा १३४ जनाले ज्यान गुमाएका थिए र २५४ जना घाइते भएका थिए, जुन १३९ प्रतिशतले वृद्धि भएकोले सबैभन्दा घातक महिनाहरू मध्ये एक भएको तथ्याङ्कले देखाएको छ । प्रतिवेदनमा देशभरि कम्तीमा ४४ वटा आतंकवादी हमला भएको बताइएको छ ।

(पाकिस्तान संचारमाध्यमको सहयोगमा )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img