spot_img
Friday, September 20, 2024
62 F
Washington DC.
spot_img

अमेरिकी सेनाका दुई वटा हेलिकोप्टर प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त, धेरै हताहतको अनुमान

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बुधबार राति केन्टकीमा नियमित अभ्यासका क्रममा दुई वटा अमेरिकी सेनाका हेलिकप्टर दुर्घटनाग्रस्त भएका छन्। ब्ल्याकहक हेलिकप्टर दुर्घटनाग्रस्त भएपछि धेरै हताहत भएको अधिकारीहरूले बताएका छन् । ट्रिग काउन्टीमा प्रशिक्षणको क्रममा राति १० बजे दुर्घटना भएको अमेरिकी सेना फोर्ट क्याम्पबेलले बिहीबार बिहान एक विज्ञप्ति मार्फ़त जनाएको छ।

“चालक दलका सदस्यहरूको स्थिति अहिले अज्ञात छ,” अमेरिकी सेना फोर्ट क्याम्पबेलले फेसबुक पेजमा लेखेको छ । चालक दलका सदस्यहरू “नियमित प्रशिक्षण मिशनको क्रममा उडान गरिरहेका थिए जब घटना भयो।”

अमेरिकी सेना फोर्ट क्याम्पबेलले फेसबुक पेजमा लेखेको छ – “हिजो राति लगभग १० बजे दुई १०१औ एयरबोर्न डिभिजन (एयर असल्ट) हेलिकप्टर ट्रिग काउन्टी, केन्टकीमा दुर्घटनाग्रस्त भयो। दुर्घटना हुँदा चालक दलका सदस्यहरू दुईवटा एचएच ६० ब्ल्याकहक हेलिकप्टर नियमित प्रशिक्षण अभियानमा उडिरहेका थिए। चालक दलका सदस्यहरूको अवस्था अहिले अज्ञात छ। कमाण्ड यतिबेला उद्वार सदस्यहरू र तिनीहरूका परिवारहरूको हेरचाहमा केन्द्रित छ। थप जानकारी उपलब्ध हुने बित्तिकै जारी गरिनेछ। घटनाको अनुसन्धान भइरहेको छ ।”

केन्टकीका गभर्नर एन्डी बेशियरले मृत्यु हुने अनुमान गरेका थिए।

“हामीले फोर्ट क्याम्पबेलबाट केही कठिन समाचारहरू पाएका छौं, हेलिकप्टर दुर्घटनाको प्रारम्भिक रिपोर्टहरू र मृत्युको अनुमान गरिएको छ,” बेशियरले ट्वीट गरेका छन् । उनले प्रदेश प्रहरी र स्थानीय अधिकारीहरूले जवाफ दिइरहेको बताएका छन् ।

“कृपया प्रभावित सबैको लागि प्रार्थना गर्नुहोस्,” बेशियरले ट्वीट सन्देशमा भनेका छन् ।

केन्टकी राज्य पुलिस , सैन्य छानबिनकर्ता अधिकारीहरू र अन्य धेरै एजेन्सीहरू हेलिकप्टर दुर्घटनाको घटनास्थलमा पुगेका थिए, सेना फोर्ट क्याम्पबेलले बिहीबार बिहान विज्ञप्तिमा भनेको छ ।

हेलिकप्टरमा सवार कर्मचारीहरुको अवस्था अझै यकिन हुन नसकेको बताइएको छ ।

दुर्घटना पछि पत्रकारहरु संग कुरा गर्दै, राज्य प्रहरीले घटना आंशिक जंगल क्षेत्रमा भएको बताएको छ । भग्नावशेष क्षेत्र वरिपरि परिधि बनाइएको राज्य प्रहरीले बताएको छ ।

“स्क्रिमिङ ईगल” को उपनाम दिइएको, १०१ औं एयरबोर्न डिभिजन अगस्ट १६ , १९४२ मा सक्रिय गराइएको थियो र यो केन्टकीको टेनेसीको सिमाना नजिकै रहेको छ।

यो विकासशील घटना हो। कृपया अपडेटहरूको लागि फेरि समाचार हेदै गर्नु होला ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img