spot_img
Saturday, September 21, 2024
81.4 F
Washington DC.
spot_img

प्रतिनिधिसभाको उपनिर्वाचनको मतगणना परिणाम : चितवन-२ र तनहुँ–१ मा रास्वपाको क्लिन स्वीप पक्का

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चितवन निर्वाचन क्षेत्र नम्बर २ को उप निर्वाचनको मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन्। इच्छाकामना गाउँपालिकाको मतगणना सकिँदा लामिछानेले चार हजार ३५८ मत ल्याएर अग्रता लिएका छन।

इच्छाकामनाको मतगणनामा लामिछाले १७ सय ७३ मतले आफ्ना प्रतिद्वन्दि नेकपा (एमाले)का रामप्रसाद न्यौपानेलाई पछि पार्दै अग्रता लिएका हुन् । स्मरण रहोस,अघिल्लो निर्वाचनमा एमालेका उम्मेद्वारले इच्छाकामना गाउँपालिकामा सबै भन्दा बढी मत ल्याएका थिए।

गाउँपालिकाको मतगणना सकिएपछि अहिले भरतपुर महानगरपालिकाको वडा नम्बर १ र २ को गणना सुरु भएको छ।

इच्छाकामना गाउँपालिकाको मतगणना लामिछनेले चार हजार ३५८, कांग्रेसका जितनारायण श्रेष्ठको दुई हजार २०५ र नेकपा (एमाले)का रामप्रसाद न्यौपानेको दुई हजार ५८५ मत प्राप्त भएको छ। यस पालिकामा कुल मत ९ हजार ४४४ खसेको थियो।

यसपालिकामा गत मङ्सिरमा भएको निर्वाचनमा नेकपा एमालेका उमेदवार कृष्ण भक्त पोखरेलले अग्रता लिएका थिए। यस पटकको निर्वाचनमा लामिछानेले सबै वडामा आफ्नो अग्रता बनाएका छन।

यसैगरी,तनहुँ–१ को उपनिर्वाचनको मत परिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले भारी मत अन्तरका साथ् अग्रता बढाई रहेका छन् । वाग्ले सात हजार ६७४ को फराकिलो मतान्तरले अगाडि छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तनहुँ–१ मा ४२ वडामध्ये २४ वडाको ३५ हजार ३६ मत गणना गर्दा रास्वपाका वाग्लेले १७ हजार ९०२ मत प्राप्त गरेका छन । यसैगरी, नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २१८ मत र नेकपा एमालेका सर्वेन्द्रनाथ खनालले पाँच हजार ८६६ मत प्राप्त गरेका छन् । उपनिर्वाचनमा एक लाख २३ हजार ३ सय ५ जना मतदाता भए पनि ६३ हजार ७५७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२०७९ को मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजार ३७१ मत ल्याइ विजयी भएका थिए। पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछी उनको सांसदको स्थान रिक्त रहेकाले निर्वाचन भएको हो।

उता, बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निकटतम प्रतिद्वन्द्वीभन्दा झन्डै ६ सय मतले अग्रता लिएका छन् ।

पछिल्लो ताजा मतपरिणाम अनुसार यादवले २ हजार ६०० मत , जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २ हजार ६७ र नेकपा एमालेका पुरूषोत्तम पौडेल ८६१ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३०३ मत प्राप्त गरेका छन्।

यसप्रकार मत गणनाको परिणाम हेर्दा चितवन र तनहुँमा रास्वपाले क्लिन स्वीप गर्ने पक्का देखिएको छ भने बारामा गुमाउने छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img